English

स्टाइलिस लुक्स दिन ओभर साइज टि–सर्ट उपयुक्त



दराजमा ठूलो साइजका टि-सर्टहरू त छन् तर यो टि–सर्ट कुनै कामको छैन भने तपाईं यसलाई लगाउन मोडीफाई गरेर लगाउन सक्नुहुन्छ । यी ओभर साइज टि-सर्टहरूलाई कसरी लगाउने त ? जुन लगाउँदा स्टाइलिस देखिन्छ ।

ब्लेजर वा ज्याकेटको साथमा

आफ्नो ओभर साइज टिसर्टलाई फिटिङ ब्लेजर वा ज्याकेटको साथमा लगाउनुहोस् । यसको साथमा लामो र क्याजुअल जुत्ताहरू पनि लगाउन सक्नुहुन्छ । जसले तपाईंलाई एक स्टाइलिस लुक्स दिनेछ ।

टि शर्ट सँग स्कर्ट

युवतीहरूले आफ्नो ओभर साइज टिसर्टलाइ स्कर्टसँग पनि लगाउन सक्नुहुन्छ । स्कर्टसँग ओभर साइज टिसर्ट एकदमै राम्रो पनि देखिन्छ । यो लगाएर अफिस, पार्टी वा साथीहरूसँग भेटघाट गर्न सक्नुहुन्छ ।

टि–सर्टसँग हट लुक्स

यदि, तपाईं ओभर साइज टि–सर्टसँग हट लुक्समा देखिन चाहनुहन्छ भने यससँग सर्टहरू पनि लगाउन सक्नुहुन्छ ।

गाँठो बनेको स्टाइलिस टि–सर्ट

टि–सर्टको तल्लो भागमा कैँचीले काट्नुहोस् । र यी दुई काटेको टुप्पोलाई गाँठो पारी लगाउनुहोस् । तपाईंले यसलाई जिन्ससँग पनि लगाउन सक्नुहुन्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



सम्बन्धित खबरहरु

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested