English

विवाहबारे बोलिन् रश्मिका मन्दाना



गीता गोविन्दम र डियर कमरेडमार्फत तेलुगु सुपरस्टारद्वय विजय देवरकोन्डारश्मिका मन्दानाको जोडी चर्चामा आयो । विजयलाई ‘अर्जुन रेड्डी’ले नै चर्चामा ल्याए पनि रश्मिकासँगको जोडी दर्शकले रुचाए । फिल्ममा जोडी सुहाएको प्रतिक्रियासँगै यी दुईको सार्वजनिक भिडियोहरूले कतै प्रेममा त छैनन् ? भन्ने चर्चा पनि सुरु भयो ।

यी दुईले आफुलाई मिल्ने साथीको रूपमा मात्र बताउँदै आइरहेका छन् । तर, केही समय अगाडि देखि यी दुईको विवाहको चर्चा बढ्दो छ । केही समय अगाडि मुम्बईमा डेट गर्दै गरेको भेटिएपछि उनीहरूको विवाहको समेत चर्चा चल्न थालेको हो । यी दुईले विवाहबारे नै मुख खोलेनन् । तर, पछिल्लो एक अन्तर्वार्ताको क्रममा यसबारे रश्मिका बोलेकी छिन् । उनले यसलाई टाइम पास गसिप भनेकी छिन् ।

‘यो सबको लागि मसँग समय छैन । मेरो समय आएपछि म विवाह गर्छु नै । अहिले नै के हतार छ र ?,’ उनले भनिन् । साथै उनले आफ्नाबारेमा धेरै गसिप नबनाउन समेत आग्रह गरिन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने विजय र रश्मिका दुवै अहिले आआफ्नो फिल्मको छायांकनका लागि मुम्बईमा छन् । विजय ‘लाइगर’ को छायांकनमा छन् भने रश्मिका ‘गुडबाइ’को छायांकनमा छिन् ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested