English

८ दिनदेखि उपत्यकामा थुप्रेका फोहोर आजैबाट उठाइने

सिसडोलवासी र महानगरबीच ६ बुँदे सम्झौता


काठमाडौँ महानगरपालिका र नुवाकोटका सिसडोलबासीबीच ६ बुँदे सहमति भएको छ । गत ५ कात्तिकमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलित बनेका सिसडोलवासी र महानगरबीच ६ बुँदे सहमति भएको फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिका संयोजक अनीश शर्मा ढुङ्गानाले बताए ।

सहमति भएसँगै काठमाडौँ उपत्यकामा ८ दिनदेखि थुप्रिएका फोहोर उठाउन थालिएको महानगरले जनाएको छ । महानगर र सिसडोलबासी बिच बिहीबार भएको छलफलको निचोड निस्कन नसकेपछि शुक्रवार पुनः बैठक राखिएको थियो ।

१३ वर्षयता सिसडोलमा उपत्यकाबाट दैनिक १ हजार २ सय मेट्रिक टन फोहोर पुर्‍याइन्छ । काठमाडौँ महानगरबाट मात्रै दैनिक ५ सय मेट्रिक टन फोहोर निस्कन्छ ।

सिसडोलबासीले ल्यान्ड फिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, अस्पताल निर्माण गर्ने, सडक विस्तार गरी कालोपत्रे गर्ने, सिसडोलबासीको निःशुल्क उपचार गर्ने लगायतका यसअघिका सम्झौता तत्काल कार्यान्वयन नभएको भन्दै आन्दोलित बनेका थिए ।

शुक्रवारको सहमति अनुसार महानगरले तत्काल ५१ जना शिक्षक दरबन्दी पुरा गर्ने, काठमाडौँ उपत्यका भित्र रहेको सरकारी अस्पतालमा प्रभावित क्षेत्रका नागरिकको निःशुल्क उपचार गर्ने, ककनी गाउँपालिका नुवाकोट र धादिङको धुनिबेसी नगरपालिकाको संयुक्त बैठकले अस्पताल बनाउने गरेको निर्णय महानगरमा पठाएपछि कार्यान्वयन गर्ने सहमति भएको संयोजक ढुङ्गानाले मेरो लाइफस्टाइललाई जानकारी दिए ।

यसै गरी, बन्चरे डाँडालाई आधार मानेर वैज्ञानिक ढङ्गबाट प्रभावित क्षेत्र पहिचान गरी जग्गा अधिकरण गर्ने, आगामी आर्थिक वर्ष २०७८÷०७९ मा दुवै स्थानीय तहलाई ३–३ करोड रुपैयाँ विकास अनुदान बजेट उपलब्ध गराउने र अहिले फोहोर विसर्जन गरिएको ठाउँ कति वर्षसम्म प्रभावित बन्छ त्यसको विज्ञले अनुसन्धान गरी भनेको आधारमा महानगरले त्यति वर्षसम्म मुआब्जा उपलब्ध गराउने सहमति भएको छ ।

शुक्रवारको छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ककनी गाउँपालिकाका वडा नम्बर १,२ र ३ का वडाध्यक्ष, धुनीबेसी नगरपालिकाका प्रमुख, फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति, धादिङ र नुवाकोटमा सक्रिय राजनीतिक दलका प्रतिनिधि र स्थानीयको उपस्थितिमा उक्त सहमति भएको हो ।

सिसडोलमा अहिले काठमाडौँ महानगरपालिका सहित उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर विसर्जन गरिँदै आएको छ । स्थानीय आन्दोलित बनेसँगै १३ चैत्र यता उपत्यकाको फोहोर उठ्न सकेको थिएन । सहमति भएसँगै आज दिउँसोबाटै फोहोर बोकेका गाडी सिसडोल प्रवेश गर्न दिने सहमति भएको महानगरले जनाएको छ ।

१३ वर्षयता सिसडोलमा उपत्यकाबाट दैनिक १ हजार २ सय मेट्रिक टन फोहोर पुर्‍याइन्छ । काठमाडौँ महानगरबाट मात्रै दैनिक ५ सय मेट्रिक टन फोहोर निस्कन्छ ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन