English

पेट्रोलियम पदार्थको मूल्य बढ्यो [सूचीसहित]



बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमको बिहीबार बसेको बैठकले डिजल पेट्रोल र मट्टितेलको मूल्य पाँच रूपैयाँले बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पाँच रूपैयाँले बढाएर काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र) मा प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य एक सय ५० र एक सय ३३ रूपैयाँ कायम गरेको छ ।

निगमलाई एलपी ग्यासमा प्रति सिलिण्डर ६ सय ६५ रूपैयाँ ३४ पैसा घाटा हुँदासमेत बिक्री मूल्य नबढाई अहिलेलाई पुनः यथावत् नै राखिएको छ भने हवाई इन्धनमा पनि केही मूल्य समायोजन गरिएको छ ।

मूल्य समायोजनपछि पनि नेपाल-भारत सीमा क्षेत्रमा अझै पनि पेट्रोल २४ रूपैयाँ २४ पैसा र डिजेल १७ रूपैयाँ ३१ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो नै रहेको छ ।

निगम संचालक समितिले मूल्य समायोजनको निर्णयसँगै निगमका स्थायी कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने, मूल्य संरचनामार्फत प्रतिशतमा दिइँदै आएको विक्रेता कमिशन अहिलेलाई फागुन ७ गते कायम भए अनुरूप नै यथावत् राख्ने निर्णय गरेको निगमका सह-प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

यो पनि…
आयल निगम भङ्ग गर



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested