English

अमेरिकामा गर्मीको १११ वर्षे रेकर्ड ब्रेक



अमेरिकामा १२२ वर्षको रेकर्ड बर्फबारीको ५५ दिनपछि गर्मीले १११ वर्षको रेकर्ड तोडेको छ । त्यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको छ । तीव्र गतिले बढेको यो गर्मीको कारण मानिसहरु समुन्द्रको तटमा जान थालेका छन् ।

मौसम विभागका अनुसार अमेरिकामा मार्च अप्रिलमा तापक्रम २२ देखि २५ डिग्रीको बीचमा रहन्छ । तर यस वर्ष यो ३३ डिग्रीसम्म पुगेको छ ।

यो गत वर्षको तुलनामा ७ ८ डिग्रीले धेरै हो । स्यान डिएगोस्थित वेदर सर्भिसका मौसम विज्ञानी मार्क मीडेले यस वर्षको गर्मीमा बर्फबारी भएको तर छिटै सकिएको बताए । जसका कारण नै अमेरिका र यूरोपमा हिटवेब चल्न थालेको हो । मीडका अनुसार बुधवार स्यान डिएगोको तापक्रम ३२.७ डिग्री रहेको थियो । यो भन्दा पहिला त्यहाँ १९१० मा ३१ डिग्री तापक्रम दर्ता भएको थियो । ५ फेब्रुअरीमा अमेरिकामा ५ फीटसम्मको बफैबारी भएको थियो ।

जर्मनी नेदरल्याण्ड्स, फ्रान्स र बेलायतमा मार्चमा सबैभन्दा गर्मी

जर्मनी नेदरल्याण्ड्स, फ्रान्स र बेलायतमा यस वर्ष समय भन्दा पहिल्यै गर्मी लागेको थियो । बुधवार नेदरल्याण्ड्समा २७.२, जर्मनीमा २६, बेलायतमा २५ र फ्रान्समा २६ डिग्री तापक्रम रहेको थियो ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested