English

कामना सेवा विकास बैंकले थप्यो एकैपटक ३ शाखा



कामना सेवा विकास बैंक लिमिटेडले थप ३ वटा शाखा चितवनमा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१औँ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औँ शाखा कार्यालय स्थापना गरी आज फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।

व्यवसाय विस्तारको क्रममा बैंकले नवीनतम प्रोडक्टहरू तथा बृहत् शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरूमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए ।

बैंकले Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरूबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकका यस सँगै १३२ वटा शाखा, एउटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहक महानुभावहरूलाई सेवा दिँदै आएको छ ।

यो पनि…
रेमिट्यान्सको सीमा घट्यो
यस्तो छ आजको विदेशी मुद्राको सटही दर



सम्बन्धित खबरहरु

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना