English

घर सजाउने यस्ता छन् तरिका



घर सजाउने रहर त कसलाई पो हुँदैन र ? घरलाई सफा, चिटिक्क, मिलेको फर्निचर, आकर्षक सजावट बनाउन सबैको रहर हुन्छ । घर सजाउनका लागि समय र पैसा दुवै चाहिन्छ । यी कुराहरूमा ध्यान दिन सके तपाईंका घर सजाउने रहर पूरा गर्न सक्छ ।

भित्तामा पेन्टिङ

घरको भित्ताहरूलाई विभिन्न डिजाइनमा बनाउन सक्नुहुन्छ । डिजाइन भन्दैमा सबै भित्तामा बुट्टाहरू बनाउनु हुँदैन । यसले कोठालाई झन् फोहोर बनाउँछ । त्यसैले, घरको कुनै एक वा दुईवटा भित्ताहरूमा मात्र हल्का डिजाइन बनाउनुपर्छ । यसले घरलाई आकर्षक बनाउन मद्दत गर्छ ।

लाइटको प्रयोग

घरमा आवश्यकअनुसार लाइटहरू राख्नुपर्छ । आवश्यकभन्दा बढी वा कम लाइटले घरको सुन्दरतामा नकारात्मक असर पु¥याउँछ । त्यसैले, लाइटको प्रयोग सोचेर मात्र गर्नुहोस् ।

प्लान्ट्सको प्रयोग

प्राकृतिक कुराहरूले सबैलाई लोभ्याउँछ । घरमा विभिन्न किसिमका प्लान्ट्सहरूले सजाउन सक्नुहुन्छ । जसले घरलाई आकर्षक देखाउनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

सामानहरूको व्यवस्थापन

घर सजाउन सबैभन्दा ठूलो कुरा सबै सामानहरूको व्यवस्थापन हो । सबै घरायसी सामानलाई आ–आफ्नो ठाउँमा राख्नुहोस् । यसले घरलाई सही लुक्स दिनेछ ।
यो पनि…
इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक