English

महाभारत युद्ध र सन्देश



महाभारत युद्ध कुन भूमिमा हुन्छ, यसको नियम के हुन्छ, कुन दिन युद्ध सुरु हुन्छ यी सबै कुरा श्रीकृष्णले तय गरेका थिए । यो युद्ध १८ दिनसम्म चलेको थियो । महाभारत युद्ध सुरु । युद्धको सातौं दिन पुग्यो ।

वेद व्यासले महाभारतमा लेखेअनुसार कौरव र पाण्डवहरूबीचको युद्ध यति भीषण थियो कि रगतको नदी बग्थ्यो । काटिएको टाउको र शरीर रगतको खोलामा बगिरहेको थियो । हिंस्रक जनावर, स्याल, चीलजस्ता चराचुरुङ्गीहरू वरिपरि आउन थाले । मासु खाँदै खोलामा फाल हाने । यस्तो दृश्य डरलाग्दो थियो ।

रात परेपछि युद्धविराम हुन्थ्यो । कौरव र पाण्डवहरूको भेला हुन्थ्यो । सबै आफन्त थिए । दाजुभाइ, दिदीबहिनी, काका–भतिजा सबै एकअर्कासँग दिउँसो लडिरहेका थिए । तर राति सबैजना एकअर्काको क्याम्पमा जान पाउने नियम थियो ।

राति सबै भेट्थे । रमाइलो गर्थे । ठट्टा गर्थे । कसैले कीर्तन गर्थे, कसैले अभिनय गर्थे । कसैले नोटाङ्की गर्थे । यसरी दिनभरको शत्रूताको भावना मेटिन्थ्यो । भोलिपल्ट फेरि उनीहरू फेरि झगडा गर्न थाल्थे ।

यो पनि
भगवान् शिवका चार सन्देश

सन्देश

हाम्रो परिवारमा पनि एकअर्काको स्वभाव र सोच फरक हुन्छ । यस कारणले गर्दा झगडा हुन्छ । तर सबै एउटै परिवारमा बस्छन् । त्यसैले समय–समयमा हामीले एकअर्कालाई मद्दत गर्नुपर्छ । सल्लाह दिनुपर्छ । सहयोग गर्नुपर्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested