English

प्रचण्डको अभिव्यक्तिले निराश नारायणकाजी, विकल्प खोज्दै



गत आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित गरेसँगै सत्तारूढ नेकपा माओवादी केन्द्रमा तीव्र विवाद देखिएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्त्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ ।

पूर्वएकता केन्द्र समूहका नेताहरू एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आकलनकाबीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गरेका थिए । भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्या नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गरेका थिए ।

श्रेष्ठले भने सोमबारको प्रचण्डको अभिव्यक्तिले झस्काएको बताएका स्रोतको भनाइ छ । सोमबार प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भनेका थिए, ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला । जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला । एमसीसीको विरोध गर्न बित्तिकै सबै जनता आउँने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरि रहनुभएको छ । नेपालभरका सबै उहाँतिर जानु पर्ने हो तर त्यस्तो हुँदैन ।’

महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावी नतिजा शून्य भएको प्रचण्डले स्मरण गराएका थिए । ‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्‍यो भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो । भोट आउने बेला जिरो भयो । त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउन जरूरी छैन । त्यसमा सबै स्पष्ट हुनुपर्छ’ उनले भनेका थिए ।

एमसीसी सम्झौता संसदबाट पारित गरेसँगै सत्तारूढ नेकपा माओवादी केन्द्रमा तीव्र विवाद देखिएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्त्वपूर्ण भूमिका खेलेका अध्यक्ष प्रचण्ड र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ ।

प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरूले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन् । नेता श्रेष्ठले पूर्वएकता केन्द्रका नेताहरूसँग परामर्श गरेको स्रोतको दाबी छ । ‘अस्ति प्रचण्डले नारायणकाजी कमरेडलाई घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने खालको भाषण गरेपछि उहाँ आफूनिकटका नेता, कार्यकर्तासँग छलफलमा हुनुहुन्छ’ श्रेष्ठनिकट एक नेताले भने ।

तर असन्तुष्ट पक्षका एक नेताले भने आफूहरूले आगामी केन्द्रीय कमिटीमा यसबारे गम्भीर रूपमा कुरा राख्ने बताउँदै दुई लाइन संघर्षलाई समान्य रुपमा लिनु पर्ने बताए । यसैबीच शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

नेता श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भयो । नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । एमसीसीको विषयलाई लिएर प्रचण्डसँँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् ।

एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवसँग श्रेष्ठको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ एमसीसीको विपक्षमा रहेका राजनीतिक पार्टीलाई एकढिक्का बनाएर आन्दोलन गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । नेता श्रेष्ठसँगको भेटवार्तापछि विप्लव नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न बुधबार दिउँसो भक्तपुर पुगेका थिए ।

यो पनि
‘…अनि माओवादीले एमसीसीमा सहमति जनायो’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested