English

झारफुकको विश्वास गर्दा १५ वर्षदेखि ओछ्यानमा



खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका (डाँडागाउँ) का मिलन गिरी २४ वर्षका भए । हाल उच्च शिक्षा अध्ययन गरिरहेको वा कुनै न कुनै पेसा व्यवसाय अंगाल्नुपर्ने उमेरमा उनी हल न चल भएर ओछ्यानमा लड्न बाध्य छन् । १५ वर्षअघि रूखबाट लडेको चोटका कारण आफैँ ओल्टोकोल्टोसमेत गर्न नसक्ने अवस्थामा छन् मिलन । झट्ट अनुहार हेर्दा स्वस्थजस्तो देखिए पनि घाँटीमुनिका अंग सुकेर दाउरा जस्तो बनेको छ ।

कक्षा २ मा अध्ययनरत रहेको बेला उनी २०६२–०६३ मा दूधिलोको घाँस काट्न रुखमा चढेको अवस्थामा लडेर जमिनमा बजारिन पुगे । जमिनमा बजारिँदा मिलनको कम्मरमुनिको भाग चल्न छाड्यो ।

मिलन बाल्यकालमा मावली घर ऐंसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा बस्थे । कक्षा २ मा अध्ययनरत रहेको बेला उनी २०६२–०६३ मा दूधिलोको घाँस काट्न रुखमा चढेको अवस्थामा लडेर जमिनमा बजारिन पुगे । जमिनमा बजारिँदा मिलनको कम्मरमुनिको भाग चल्न छाड्यो । ठमठम कुद्दै घाँस काट्न गएका मिलन यता उता सर्न पनि घस्रनुपर्ने अवस्थामा घर फर्किए । उनी उभिन सक्दैनथे । कमजोर आर्थिक अवस्थाका कारण उनलाई स्वास्थ्य संस्थामा उपचारमा लगिएन । बरु धामी झाँक्री लगाइए, झारफुक गरिए । तर, मिलनको मेरूदण्ड निको हुनुको सट्टा झन् कमजोर बन्दै गयो । घस्रेरै दिसापिसाब गर्ने गरेका मिलनलाई मावलीबाट २०६५ सालमा घरमा लगिए ।

घरमा पनि मिलन आफैँ घस्रेर शौचालय जाने आउने गर्थे । पिँढीमा बसेर आफैँले लेखेको कविता वाचन गरेर छिमेकीलाई सुनाउँथे । उनको कविता सुनेर कतिपय आफन्त रुन्थे । तर, २०७२ सालपछि भने उनी ओछ्यानबाट उठ्न सकेका छैनन् । शरीर सुकेर निलो भएको देखिन्छ । दिसा पिसाबसमेत ओछ्यानमै गर्न बाध्य छन् । उनको दुवै खुट्टा र दाहिने हात खुम्चिएको छ । खुम्चिएका हात खुट्टा तन्किँदैन । देब्रे हात मात्र सामान्य चलाउन सक्छन् ।

उनले त्यही देब्रे हातले सुतीसुती खाना खाने गरेका छन् । मोबाइल चलाउने गरेका छन् । उनलाई माइली आमातर्फकी बहिनी मञ्जिता गिरीले हेरचाह गर्ने गरेकी छन् । कक्षा ९ मा अध्ययनरत १६ वर्षकी मञ्जिता घर व्यवहार सम्हाल्नुपर्ने भएका कारण अधिकांश कक्षा छुटाउन बाध्य छिन् ।

बुबा जितबहादुर गिरी मिस्त्रीका काम गर्छन् । आमा नरमायाको २०६५ सालतिरै मृत्यु भइसकेको छ । नरमायाको पनि शरीर नचल्ने समस्या देखिएको केही समयपछि मृत्यु भएको स्थानीय बताउँछन् । मिलनलाई शुभेच्छुकले टिभी किनेर राखिदिएका छन् । उनले त्यही टिभी हेरेर समय कटाउने गरेका छन् ।

लामो समयदेखि ओछ्यानमा थला परेका मिलनले २ वर्षअघिदेखि मात्र अपांगता वापतको सामाजिक सुरक्षा भत्ता पाउन थालेको स्थानीय इन्द्रबहादर गिरी बताउँछन् । उनलाई (क) वर्गको अपांगताको परिचयपत्र प्रदान गरिएको छ ।

यो पनि…
अब समाजले नसोधोस्–‘रातो सारी, चुरा पोते किन नलाको ?’ (भिडियो पनि)
एसिड पीडित जो आफैं जुटाउँदैछन् हिम्मत



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested