English

कोरोना : ब्राजिलमा ‘p1’ भ्यारिएन्ट फेला, कति खतरनाक ?



कोरोना भाइरसको नयाँ भ्यारिएन्ट फेला परेको छ । ब्राजिलमा पीवान नामको नयाँ भ्यारिएन्ट फेला परेको बताइएको छ ।

New Coronavirus Variant P1 found in Brazil

कोरोना भाइरसको नयाँ भ्यारिएन्ट दक्षिण अफ्रीकामा भेटिएको कोरोना स्ट्रेनसँग मिल्दोजुल्दो रहेको बताइएको छ । यो दाबी साओपाओलोस्थित ब्यूटेनटेन बायोमेडिकल इन्स्टीच्युटका प्रमुख डिमास कोवासले गरेका हुन् । उनले ब्राजिलमा दक्षिण अफ्रीकाको जस्तै कोरोनाको स्ट्रेन फेला परेको र धेरै खतरनाक रहेको बताएका छन् ।

New Coronavirus Variant P1 found in Brazil

डिमास कोवासले ब्राजिलमा एकदिनमा ३ हजार ७ सय ८० जनाको निधन भएको एकदिनपछि प्रेस कन्फ्रेन्स गरेर यस्तो बताएका हुन् । यो भ्यारिएन्ट ब्राजिलमै उत्पित्ति भएको हो । यो दक्षिण अफ्रीकाको जस्तै भएको तर यसको ट्राभल हिस्ट्री दक्षिण अफ्रीकासँग नमिल्ने उनले बताए । त्यसैले ब्राजिलका वैज्ञानिक यसलाई लिएर हैरान भएका छन् ।

New Coronavirus Variant P1 found in Brazil

दक्षिण अफ्रीकाको भ्इारिएन्टले संसारका वैज्ञानिकलाई चिन्तामा पारेको थियो । किनभने यो धेरै नै संक्रामक र खतरनाक थियो । त्यसमा नयाँ भ्याक्सीनले काम गरिरहेको थिएन । ब्राजिल पनि आफ्नो देशमा उत्पित्ति भएको यो भ्यारिएन्टबाट हैरान छ । यो भ्यारिएन्टको नाम पीवान रहेको छ । यो तीव्र गतिमा मानिसलाई संक्रमित बनाउन सक्षम छ ।

New Coronavirus Variant P1 found in Brazil

यसका कारण ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको रेकर्ड दुई दिन पहिला सबैभन्दा धेरै कायम भएको थियो । ब्राजिल अमेरिकापछि सबैभन्दा कोरोना भाइरसबाट प्रभावित हुने देश हो । अहिले भने ब्राजिलमा कोरोना भाइरसको प्रकोपले धेरै सताइरहेको छ । त्यहाँका मानिसले सोसल डिस्टेन्सिङको नियम पालना नगरेको बताइएको छ । साथै भ्याक्सिनेशनको प्रक्रिया पनि धेरै सुस्त छ । सारा विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुमध्येमा एक चौथाई मानिस ब्राजिलका रहेका छन् ।

New Coronavirus Variant P1 found in Brazil

कोरोनाबाट मृत्यु हुनेमा यस्तो भयावह आँकडा अन्य देशमा छैन । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले हालै कोरोना महामारी राम्रोसँग ह्याण्डिल गर्न नसकेकाले वैश्विक स्तरकै आलोचना सुन्नुपरेको थियो । उनले मंगलवार ९१८ मिलियन डलर्सको एग्जीक्यूटिभ अर्डर जारी गरेका छन् । यो रुपैयाँले ब्राजिलको हेल्थ सिस्टमलाई मजबुत बनाउन र महामारीसँग लड्न सहयोग गर्नेछ ।

New Coronavirus Variant P1 found in Brazil

स्वास्थ्य मन्त्रालयले यसको प्रयोग देशमा रहेका २६ सय पब्लिक हेल्थ क्लीनिक्समा कोरोना भ्याक्सिन पुर्याउन र मानिसलाई सुरक्षित राख्नका लागि प्रयोग हुने बताएको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।