English

खाना चपाएर खाँदा तौल घट्ने वैज्ञानिकको दाबी !



वैज्ञानिकले वजन घटाउने नयाँ तरिका बताएका छन् । नयाँ रिसर्चका अनुसार वजन घटाउन चाहनेले बिस्तारै बिस्तारै खाना चपाएर खाने बानी बसाल्नुपर्दछ । यो दाबी ब्रिस्टल र रोहेम्प्टन यूनिभर्सिटीले आफ्नो रिसर्चबाट पत्ता लगाएको हो । रिसर्चका अनुसार जो मानिस खाना छिटो छिटो खान्छ, उसलाई ओभरवेट हुने खतरा धेरै हुन्छ ।

८०० जनामा भएको थियो रिसर्च

शोधकर्ताहरुले आफ्नो रिसर्चमा खानाको स्पीड र वजनको बीच कनेक्शनको बारेमा बुझाएका छन् । ८०० बच्चा र वयस्कमा भएको यो स्टडीमा यदि खाना हतारमा खाएमा यसले कम्मरको आकार र बडी मास इण्डेक्स बढाउँछ ।

खाने स्पीड घटाउन आवश्यक

शोधकर्ता डाक्टर गिब्सन भन्छन्, हाम्रो रिसर्चले बच्चा र वयस्कले आफ्नो खानपानको क्वालिटी र खाने तरिकामा पनि परिवर्तन गर्न आवश्यक छ, खाना चपाउने स्पीड घटाइयो भनेँ, कम्मरको साइज बढ्नबाट रोक्न सकिन्छ ।

६७ प्रतिशत पुरुष र ६० प्रतिशत महिला ओभरवेट

ब्रिटेनमा ४ देखि ५ वर्षका हरेक १० मध्येमा एक बच्चा मोटोपनको शिकार भएको पाइन्छ । त्यस्तै १० देखि ११ वर्ष उमरेका हरेक ५ मध्ये एक बच्चा पनि मोटोपनदेखि हैरान छन् । ब्रिटेन हेल्थ एजेन्सी (एनएचएस) का अनुसार ६७ प्रतिशत पुरुष र ६० प्रतिशत महिला ओभरवेट छन् ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested