English

पोखरा बर्डफ्लुको उच्च जोखिममा



पोखरामा एभियन ईन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

६ गते पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्ममा कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याएका थिए । त्यहाँको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो ।

खुसीमानसँगै पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो । उनको कुखुरामा समेत बर्डफ्लु पुष्टि भएको छ । रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पन्छी जन्य कारोबारमा बन्देज लगाइएको समितिका सूचना अधिकारी डा. गृष्म न्यौपानेले जानकारी दिए ।

१५ गते नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट प्रभावित क्षेत्र तोकिएको छ । आजै ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु हुन्छ ।’ संक्रमण देखिएको फार्मलाई नै इपिसेन्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।

‘किसानले पालिरहेको कुखुरा मर्‍यो भनेर टेष्ट गर्न ल्याउनुभयो । यहाँ पोजिटिभ देखिएपछि काठमाडौं पठाएका थियौं, त्यहाँ पुष्टि नै भयो,’ उनले भने, ‘१५ गते नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट प्रभावित क्षेत्र तोकिएको छ । आजै ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु हुन्छ ।’ संक्रमण देखिएको फार्मलाई नै इपिसेन्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।

योसँगै बुधबारदेखि २७ गतेसम्म जोखिम क्षेत्रमा पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ । ‘घरको छतमा राखेर पाल्ने र खुला जमिन भएकोले वरिपरि पनि गएको हुन सक्ने आशंका छ । हामी खोजी गरिरहेका छौं,’ न्यौपाने भन्छन्, ‘व्यवसायिक फार्म नभएकोले खासै धेरै क्षति हुँदैन भन्ने आँकलन छ । रोगले मरेको मरिहाल्यो, जिउँदो धेरै छैन ।’

अव्यवस्थित पालन र कारोबारका कारण उक्त क्षेत्र सधैं बर्डफ्लुको उच्च जोखिममा छ । केही वर्षअघि पनि पोखरा १४ को मझेरीपाटन (अहिले देखिएकै ठाउँ नजिक) मा संक्रमण फैलिएको थियो । ३ वर्षअघि मादी गाउँपालिकामा देखिएको थियो ।

बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानहरूलाई सचेतनाका सामग्री प्रकाशन प्रसारण गरिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । अधिकतम प्राविधिकहरू खटाएर जोखिम क्षेत्रलाई निगरानीमा राखिएको छ ।

यो पनि…
नेपालमा फेरि बर्डफ्लू संक्रमण पुष्टि
काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested