English

युक्रेन हमला : कस्तो छ पछिल्लो अपडेट ?



पछिल्लो समय रूसले युक्रेनमा लगातार हमला गरिरहेको छ । किभ–युक्रेनमा रुसी हमलाको सातौं दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा पुगेको छ ।

रुसी सेनाको हमलामा कम्तिमा दुई सय जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानकारी दिएका छन् । किभको उत्तर-पश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ ।

टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु

रूसले युक्रेनको सबैभन्दा ठूलो टेलिभिजन टावरमा रकेट हमला गरेको छ। देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खारकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौं घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा

किभ–युक्रेनमा रुसी हमलाको सातौं दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा पुगेको छ । औषधि र खानेकुरालगायत खाद्यान्नको आपूर्ति सुनिश्चतका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न सो सहरका मेयरले आह्वान गरेका छन् ।

खेरसनमा रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । रुसी सेनाको हमलामा कम्तिमा दुई सय जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानकारी दिएका छन् । मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ । 

नमा रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । रुसी सेनाको हमलामा कम्तिमा दुई सय जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानकारी दिएका छन् ।

उत्तरपश्चिमी युक्रेनी सहर जाइटोमायरमा आपतकालीन कर्मचारीहरूले रुसी सेनाको मिसाइलले आवासीय भवनमा लागेको आगो निभाइरहेका छन् । सो सहरमा चार जना मारिएको रुसी अधिकारीहरूले जनाएका छन् । 

बेलारुसले सीमामा सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने

मिन्स्क–बेलारुसले युक्रेनसँगको दक्षिणी सीमामा आफ्ना सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने भएको छ । आगामी दुई दिनपछि सीमामा रहेका पाँच बटालियन सेनाको समूहलाई बढाएर दश पुर्याइने राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले घोषणा गरेका छन् । 

‘यी उच्च तालिमप्राप्त मोवाइल समूह हुन्, जसले विरोधीका जुनसुकै उत्तेजना र बेलारुसविरुद्धको सैन्य कारबाही रोक्न सक्छन्,’ युक्रेनतर्फ लक्षित गर्दै सुरक्षा परिषदको बैठकमा भने । 

सेनाको परिचालनलाई ‘रोकथाम कार्य’ भन्दै त्यसले युक्रेनका कट्टरपन्थी र हतियारहरूको प्रवेश रोक्ने बताए । रुसलाई समर्थन गरेको भन्दै पश्चिमा देशहरूले बेलारुसलाई प्रतिबन्ध लगाएका छन् ।  

३०२ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

रुस–युक्रेन द्वन्द्व प्रभावित क्षेत्रबाट ३०२ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । युक्रेन समेत हेर्ने जिम्मेवारी पाएका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्डोभा लगायतका देशमा नेपालीलाई सारिएको जानकारी दिएका हुन् ।

रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलवार साँझ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

रुस–युक्रेन द्वन्द्व प्रभावित क्षेत्रबाट ३०२ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । युक्रेन समेत हेर्ने जिम्मेवारी पाएका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्डोभा लगायतका देशमा नेपालीलाई सारिएको जानकारी दिएका हुन् ।

समितिका अनुसार मंगलवारसम्म  २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्डोभा पुगेका छन् । यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो  ।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीहरुले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरुसँग सम्पर्क रहेको जानकारी दिएका थिए । 

राजधानी किभमा हमला गर्न लागेको रुसको चेतावनी

रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ‘लक्षित हमला’ गर्न लागेको जनाएको हो ।  

मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । 

मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । 

रुसले रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रेल स्टेसन नजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान आह्वान गरेको वक्तव्यमा जनाइएको छ ।  यसबीच युक्रेनी रक्षामन्त्रीले रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन् ।

यो पनि
रूस-युक्रेन द्वन्द्व : युक्रेन छाडेर कहाँ गए नेपाली ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested