English

पशुपतिमा बाबा : कोही मास्टर्स गरेका, कोही वियोगमा परेका



पशुपतिनाथ मन्दिर । महाशिवरात्रि मेला । साधुसन्तको भेला । त्यही भेलामा भेटिए साधु– रामानन्द । उज्जैन महांकालबाट १८ दिन पैदल हिँडेर आइतबार काठमाडौं आइपुगेका हुन्, उनी । हरेक वर्ष शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आइपुग्छन्, रामानन्द । यो वर्ष पनि पशुपतिनाथको दर्शन गरी शिवजीको आशिर्वाद लिएर भारत फर्कने उनको योजना छ ।

उनी नेपालीको स्वागतले लालायित हुन्छन् । त्यही स्वागतले उनलाई पाशुपत क्षेत्रले हरेक वर्ष तानिरहन्छ । ‘हरेक महाशिवरात्रिमा नेपाल आउँछु,’ प्रफुल्ल मुद्रामा देखिएका रामनन्द भन्दै थिए, ‘नेपाली र नेपाल सरकारले हाम्रो अतिथि सत्कार एकदमै राम्ररी गर्छ, त्यसैले आइरहन मनलाग्छ ।’

रामानन्द, साधु

सानै उमेरमा गुरु दक्षिणास्वरूप साधु भएँ, भारतको केदारनाथ, बद्रीनाथसहित सबै तीर्थस्थल पुगिसकेँ, तर पशुपतिनाथको दर्शनले बेग्लै आनन्द आउँछ ।

रामानन्द उमेरले ९० वर्षका भए । जान्ने बेला भएदेखि नै साधु जीवन बिताइरहेका छन् । उनी आफूलाई सूर्यवंशी रामानन्द गुरुको चेलो भन्छन् । ‘सानै उमेरमा गुरु दक्षिणास्वरूप साधु भएँ,’ साधुयात्राबारे सविस्तार भन्दै थिए, ‘भारतको केदारनाथ, बद्रीनाथसहित सबै तीर्थस्थल पुगिसकेँ, तर पशुपतिनाथको दर्शनले बेग्लै आनन्द आउँछ ।’

मास्टर्स पूरा गरेर बाबा बनेका मेहन्त

महाशिवरात्रि मेला भर्न विभिन्न देशबाट नागा बाबाहरू पशुपति परिसरमा आएका छन् । उनीहरूको आगमनसँगै पाशुपत क्षेत्रले यतिबेला शिव रौनक दिइरहेको छ । भक्तजनहरू कोही बाबासँग आशिर्वाद थाप्न व्यस्त देखिन्थे भने कोही मोबाइलमा सेल्फी लिँदै गरेका भेटिन्थे । त्यही माहोलमा थिए नागा बाबा– महेन्त कार्तेकपुरी ।

उनी भारतको लखनउबाट आएका हुन् । महेन्त महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर आउन थालेको २ वर्ष बित्यो । गत वर्ष कोरोना महामारीमा पनि उनको पाशुपत यात्रा रोकिएन ।

मैले कहिल्यै संन्यासी रूप धारण गरौँला भन्ने सोचेको थिइनँ, बुबाआमा नै गुमाएपछि अब के नै चाहियो र भन्दै भगवानको शरणमा जान मन लाग्यो ।

१७ वर्षअघि दुर्घटनामा उनले आमाबुबा गुमाए । त्यसपछि हो उनले सांसारिक माया मोह त्यागेर नागा बाबाको रूप धारण गर्न थालेको । ‘जब एउटा दुर्घटनामा मेरो आमाबाबा बित्नुभयो तब मैले सांसारिक माया मोह त्यागेँ र संन्यासी जीवन बिताउन थालेँ,’ उनी मलिन सुनिन्छन् ।

सुन्दा अचम्म लाग्छ, तर साँचो हो । मेहन्तले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । पढाइ सक्नेबित्तिकै आमाबुबाको दुर्घटना भयो । ‘मैले कहिल्यै संन्यासी रूप धारण गरौँला भन्ने सोचेको थिइनँ,’ उनको आँखा टिलपिल भरिन्छन्, ‘बुबाआमा नै गुमाएपछि अब के नै चाहियो र भन्दै भगवानको शरणमा जान मन लाग्यो ।’ त्यसो त उनी १५ वर्षयता लखनउको एक आश्रममा बस्दै आएका छन् ।

भारतबाट मात्र होइन नेपालका पनि विभिन्न स्थानबाट बाबा तथा साधुसन्तहरू शिवरात्रि मेला भर्न पाशुपत क्षेत्रमा आएका छन् । तीनैमध्येका हुन् –बाबा शिवानन्द । भैरहवाका शिवानन्द १० वर्षयता निरन्तर महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आइरहेका छन् । शिवको दिव्य दर्शन गरी उनी भोलिपल्टै भैरहवा फर्कन्छन् ।

भारतबाट आएका साधुलाई मात्र वास्तविक साधु मान्ने चलनले गर्दा धेरै फटाहा प्रवृत्तिका साधुहरू पनि नेपाल आउँछन्, त्यसैले सरकारले वास्तविक साधु र ढोंगी साधुलाई चिन्नुपर्छ ।

शिवानन्द, साधु

भैरहवास्थित काली माताको मन्दिरमा विगत १० वर्षदेखि बस्दै आएका शिवानन्दको पनि आफ्नै कथा छ । १७ वर्षअघि उनको श्रीमतीको निधन भयो । त्यसपछि, उनी निकै विक्षिप्त बने । अनि, पत्नीवियोगलाई भुल्न साधुसन्त रूप धारण गरेको उनी सुनाउँछन् ।

पशुपति क्षेत्र विकास कोष तथा गुठी संस्थानले भारतबाट आएका साधुसन्तलाई विशेष महत्व दिए पनि नेपाली बाबाहरूलाई भने हेलाँ गरेको उनको गुनासो छ । ‘भारतबाट आएका साधुलाई मात्र वास्तविक साधु मान्ने चलनले गर्दा धेरै फटाहा प्रवृत्तिका साधुहरू पनि नेपाल आउँछन्,’ उनले भने, ‘त्यसैले सरकारले वास्तविक साधु र ढोंगी साधुलाई चिन्नुपर्छ ।’

महाशिवरात्रिको अवसर पारेर हरेक वर्ष हजारौँ साधुसन्त भारतबाट नेपाल आउने गर्छन् । अघिल्लो वर्ष कोरोना महामारीको कारण शिवरात्रिमा आउने साधुहरूको संख्या कम थियो । यो वर्ष पनि कोरोना महामारीकै कारण भारतबाट आउने साधुसन्तहरूको सङ्ख्यामा केही कमी हुन सक्ने कोषका प्रवक्ता रेवतीरमण अधिकारी बताउँछन् । ‘यसपालि करिब पाँच हजार बाबाहरू पशुपतिमा आउनुभएको छ,’ उनले भने ।

हरेक वर्ष महाशिवरात्रिको अवसर पारेर नेपाल आउने बाबा तथा साधुहरूलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले खान र बस्नको व्यवस्था गर्छ । उनीहरू फर्कने बेला उपहार र केही दक्षिणासहित बिदाइ गर्छ । यस वर्ष पनि रुद्राक्षको माला र केही दक्षिणासहित बाबाहरूलाई बिदाइ गर्ने योजना रहेको उनले सुनाए ।

पशुपति क्षेत्रमा आउने बाबाहरू श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी ६ वर्गका हुने गरेको कोषले जनाएको छ ।

भिडियो :

यो पनि…
शिव को हुन् ? उनका वस्त्रालंकारका अर्थ के–के हुन् ?
महिलाहरू शिव साधना किन बढी गर्छन् ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।