English

फिफा र यूइएफएले लगाए रूसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध



विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए) ले रूसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

फिफा र यूइएफएले विश्वकप २०२२ र महिला युरोपियन च्याम्पियसिपमा २०२२ सहभागीताको लागि इन्कार गर्दै सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा रूसी टोली प्रतिबन्ध गरेका हुन् ।

यूइएफएले रूसको राज्य नियन्त्रित गाज्प्रोमसँगको सम्बन्ध समेत तोडेको छ । गाज्प्रोम युरोपियन च्याम्पियन्स लिगको मुख्य प्रायोजक हो । यस अघि रूसले आगामी खेलहरू फुटबल युनियन अफ रूस (आरएफयू) को रूपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

रूसका राष्ट्रपती भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारबाही अघि बढाएपछि फिफाले यस्तो निर्णय गरेको हो । आइतबार फिफाले रूसका आगामी खेलहरू रसियन झन्डामा नभई आरएफयूको तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो ।

फिफाले रूसमाथिको प्रतिबन्ध बढाउँदै गर्दा युरोपिनय फुटबलले यसअघि नै च्याम्पियन्स लिगको फाइलन सेन्ट पिटर्सबर्गमा नगर्ने निर्णय गरिसकेको छ । यस्तै पोल्यान्ड, स्विडेन र चेक गणतन्त्रले संयुक्त रूपमा रूसमा खेल्न अस्विकार गरेका छन् ।

यो पनि…
अमेरिकी ‘सुपर बाउल’ को चहकमहकमा मख्ख छन् नेपाली



सम्बन्धित खबरहरु

काठमाडौः राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजना पारा पौडी खेलाडीहरुलाई तालिम संचालन भएको छ । जापानबाट स्पोट्र्स फर टुमारो का

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र प्रमुख प्रायोजक

राष्ट्रिय खेलकुद परिषद्ले भर्खरै खोलिएको खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र राष्ट्रिय उच्च प्रदर्शन केन्द्रमा #Rhinos को फिटनेस परीक्षण र

Latest










Popular
Suggested