English

बुहारी-छोरी पढाउने सासु र आमा सम्मानित  



खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पाले बुहारी र छोरी पढाउने सासु र आमालाई सम्मान गरेको छ । बुहारी पूजा गिरीलाई क्याम्पस पढाउने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी देबीमायाँ पुरी र छोरी रञ्जना श्रेष्ठलाई पढाउने खार्पाकी बिष्णुकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो ।

बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन लागिपरेकी सासु र आमालाई क्याम्पसको १४औं वार्षिकोत्सवको अवसरमा सोमबार जनही १ हजार ५०० सहित सम्मान–पत्र प्रदान गरिएको छ । बुहारी पूजा रावा क्याम्पस खार्पामा बिएड तेश्रो वर्ष र छोरी रञ्जना बिएड दोश्रो वर्षमा अध्ययनरत छिन् ।

अझै पनि हाम्रो समाजमा उच्च शिक्षाका लागि छोरालाई मात्र प्राथमिकता दिने प्रचलन छ । विद्यालय वा क्याम्पस तहमा पढिरहेकी छात्राको अध्ययन उसको विहेसँगै रोकिन्छ । तर बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउनका लागि दिलोज्यान दिएकी सासु र आमालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको रावा क्याम्पस खार्पाका प्रमुख दिपक पोखरेलले बताए ।

बुहारी पढाउने देबीमाया र छोरीलाई क्याम्पस तह पढाउने बिष्णुकुमारीले समाजमा ‘बुहारी र छोरीलाई पनि उच्च शिक्षाका लागि साथ दिनुपर्ने’ सन्देश दिएको क्याम्पसले जनाएको छ ।

क्याम्पसको वार्षिकोत्सवको अवसरमा कृषि अर्गानिक खेती चुनौतीको विषयमा मावि स्तरीय वक्तृत्वकला, पुरुष हन्डिफोर, महिला फुक्की बल लगायतका प्रतियोगीतात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको सभापतित्व एवं क्याम्पस संरक्षक समितिका संयोजक हरि पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यो पनि…
तोकिएको तलब नपाएपछि शिक्षकहरू निरन्तर आन्दोलनमा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested