English

बलात्कार आरोपमा सांसद पक्राउ



जबर्जस्ती करणीको आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।

बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।

पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । जबर्जस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

यो पनि…
जनप्रतिनिधिप्रति कस्तो छ ग्रामीण महिलाको सोचाइ ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

Latest










Popular
Suggested