English

‘…अनि माओवादीले एमसीसीमा सहमति जनायो’



माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र आफ्नो पार्टीले एमसीसी अनुमोदन गर्न नहुने नबताएको जानकारी दिएका छन् । खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार भेटघाट कार्यक्रम राखेर प्रचण्डले राष्ट्रिय सहमतिमा मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको जानकारी दिए ।

तर, एमाले अध्यक्ष केपी ओलीले आफ्नो पुरानै अडान लिइरहँदा राष्ट्रिय सहमति कायम नभएको उनको भनाइ छ । सडकमा समेत नाराबाजी हुने भइरहेको अवस्थामा गठबन्धन विघटन हुनेदेखि सरकार परिवर्तनसम्मको खेल हुन थालेपछि संविधान नै डिरेलको अवस्थामा पुग्न थालेपछि एमसीसी अनुमोदन गर्न सहमति जनाएको प्रचण्डले बताए ।

संशोधन र परिमार्जन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने आफूले बताउँदै आए पनि प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणापत्र जारी गरेर सदनबाट पारित गराउन माओवादी केन्द्रले सहमति जनाएको प्रचण्डले जानकारी दिए । भियाना सन्धिअनुसार पनि प्रतिनिधिसभाबाट घोषणा गरिएको अर्को पक्षले स्वीकार्नुपर्ने देखिएकाले आफूले सहमति जनाएको भन्दै उनले एमसीसी सम्झौता अनुमोदन महाकाली सन्धिजस्तो नरहेको बताए ।

‘प्रतिनिधिसभाबाट घोषणा भएको अर्को पक्षले स्वीकार्नुपर्ने र नस्वीकारे स्वतः खारेज हुने अन्तर्राष्ट्रिय कानुनका ज्ञाताको सुझाव आएपछि आफूले शीर्षनेताहरूमाझ राखेँ,’ उनले भने, ‘यसबारे काठमाडौंस्थित अमेरिकी दूतावासलाई पनि जानकारी दिएर अनुमोदन गरिएको हो ।’ अन्तर्राष्ट्रिय कानुनअनुसार मान्यता पाउने गरी संविधान, देशलाई बचाएर प्रतिनिधिसभा घोषणापत्र जारी गरेर एमसीसी अनुमोदन गरेपछि आफू खुसी भएको प्रचण्डको भनाइ छ ।

अब स्थानीय चुनाव निश्चित भएको छ
प्रचण्डले अब स्थानीय तहको निर्वाचन निश्चित भएको बताएका छन् । एमसीसी अनुमोदन भएसँगै स्थानीय तहको निर्वाचन सुनिश्चित भएको उनको भनाइ छ । प्रचण्डले एमसीसी पास हुने कि नहुने भन्ने अन्योलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेको उनको भनाइ थियो । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने मिति तोकिसकेको छ ।

सत्तारुढ गठबन्धनमै एमसीसी जस्ताको तस्तै अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले विभाजनको अवस्थासम्म आइपुगेको थियो । तर, अन्तिममा एमसीसीको व्याख्यात्मक घोषणासँगै आइतबारको प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको हो । योसँगै अब देश स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुने दलका नेताहरूको भनाइ छ ।

‘एमसीसी अनुमोदनसँगै गठबन्धन र सरकार टिकिरहने निश्चित भयो’
अध्यक्ष एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने निश्चित भएको बताएका छन् । एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र सरकार आगामी निर्वाचनसम्म रहिरहने बताएका हुन् । ‘अस्तिसम्म यो गठबन्धन रहला या नरहला र वर्तमान सरकार पनि रहला कि नरहला भन्ने थियो,’ उनले भने, ‘संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि गठबन्धन र सरकार टिकिरहने निश्चित भएको छ ।’

एमसीसी सम्झौता अनुमोदनसँगै आगामी निर्वाचन पनि सुनिश्चित गरेको दाबी गर्दै प्रचण्डले एमसीसी सम्झौतामा केही गम्भीर विषय रहेको र संशोधन गरेर अनुमोदन गर्नुपर्ने आवाज आफूले उठाउँदै आएको बताए । साविक नेकपाका बेला आफूले संशोधन र परिमार्जन नगरी एमसीसी अनुमोदन गर्न हुँदैन बताएपछि फरक ढंगबाट बहस सृजना भएको प्रचण्डको भनाइ छ ।

केही विवादित विषयलाई स्पष्ट पारेर व्याख्यात्मक घोषणा जारी गरेर एमसीसी अनुमोदन गरिएको बताएका उनले तत्कालीन विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाको असहमतिका कारण एमसीसी अनुमोदनमा ढिलाइ भएको बताए ।

समाज नै विभाजित हुने गरी विवाद सृजना भएको विषयमा राष्ट्रिय सहमति कायम गरेर अनुमोदन गर्नुपर्ने बताउँदै जानकारी दिएका उनले आफ्नैै सल्लाहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट गएको बताए ।

यो पनि…
गठबन्धनबाट अलगिएको जनमोर्चाको घोषणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई