English

तोकिएको तलब नपाएपछि शिक्षकहरू निरन्तर आन्दोलनमा



सुनसरीको इनरुवा नगरपालिकाले संघीय सरकारले तोकेको न्युनतम तलब नदिएपछि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्याालय कर्मचारी यतिखेर तेस्रो चरणको आन्दोलनमा छन् । गत असार २४ गतेदेखि आन्दोलन सुरु गरेका उनीहरूले माग पूरा नभएपछि आइतबार (१५ फागुन) देखि तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा संघीय सरकारले इसीडी शिक्षक र विद्यालय कर्मचारी (परिचर) को मासिक न्यूनतम तलब १५ हजार र लेखापालको २० हजार पाँच सय पुर्‍याउने व्यवस्था गरेको थियो । जसमा लेखापालाई मासिक १३ हजार ५०० रूपैयाँ, इसीडी शिक्षक र परिचरलाई आठ हजार रूपैयाँ संघीय सरकारले उपलब्ध गराउने व्यवस्था छ । बाँकी सात हजार रूपैयाँ स्थानीय तहले थपगरी न्यूनतम तलब दिनुपर्ने व्यवस्था छ । संघीय सरकारले तलब उपलब्ध गराए पनि अधिकांश स्थानीय तहले तलब थपगरी दिएका छैनन् ।

तलब नदिनेमा इनरुवा नगरपालिका पनि एक हो । नगरपालिकाका इसीडी शिक्षकले पटक-पटक आन्दोलन र ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउँदै आए पनि नगरपालिकाले अहिलेसम्म तलब दिएको छैन । नगरपालिकाले आन्तरिक आयस्रोत कमजोर भएका कारण तलब थपगरी उपलब्ध गराउन नसकिने बताएको छ ।

इनरुवाका इसीडी शिक्षक र विद्यालय कर्मचारीले चरण-चरणमा आन्दोल गर्दै आएका छन् । गत दशैँअघि आन्दोलन गरेपछि उनीहरूलाई मेयर राजन मेहताले तलब थपगरी दिने आश्वासन दिएका थिए । त्यसपछि शिक्षकहरूले आन्दोलन स्थगित गरे । दशैँको मुखमा समेत तलब नपाएपछि उनीहरू निराश भए । छठपछि नगरपालिकासँग वार्ता गरे ।

नगरपालिकाले पुनः तलब थपगरी दिने आश्वासन दियो । समय बित्दै गयो तर शिक्षक र कर्मचारीहरूले तलब पाउने आश गरिरहेका छन् । नगरपालिकाले आश्वासनमात्रै दिएपछि तेस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको आन्दोलन समितिकी संयोजक सोनुराना मगर बताउँछिन् ।

‘बजेटमा व्यवस्था भएअनुसार हामीले पाउनुपर्ने तलब नगरपालिकाले अहिलेसम्म दिएको छैन । त्यसैले हामीले तेस्रो चरणको आन्दोलन सुरु गरेका हौं । मेयर राजन मेहताज्यूले हामीलाई आश्वान मात्रै दिनुहुन्छ । माग पूरा गर्नुहुन्न । माग पूरा नभएसम्म हाम्रो आन्दोलन रोकिदैन,’ मगरले भनिन् ।

यो पनि…
शिक्षकका समस्या समाधान गर्न सहमति, कार्यान्वयनमा आशंका



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार