English

पशुपतिमा यस्तो छ तयारी (भिडियो पनि)



महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्र झिलीमिली बत्ती र फूलले सजाइएको छ । विगतका वर्षका तुलनामा यो वर्ष महाशिवरात्रिमा पाशुपत क्षेत्रको माहोल अलि फरक छ । फूल र बत्तीको सजावटसँगै पशुपति क्षेत्रमा कोरिएका विभिन्न देवी देवताको चित्रले पनि पनि दर्शनार्थीलाई मोहित पार्छ ।

महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको मुख्य प्रवेशद्वारसहित मन्दिर परिसरलाई विशेष किसिमले सिँगारिएको छ । मन्दिर क्षेत्रका भवनहरूमा नयाँ रङ्गरोगनको काम पनि तीव्रताको साथ भइरहेको छ ।

सजावटको साथै अन्य व्यवस्थापनको कामहरू पनि धमाधम भइरहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । ‘भक्तजनहरूलाई दर्शनका लागि बिहान ३ बजेदेखि चारै ढोकाबाट दर्शनको व्यवस्था मिलाइनेछ साथै विशेष पूजा बिहान र साँझमा ६ः०० बजेपछि गरिनेछ ।’

मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रूद्रगाडेश्वर उत्तर ढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने जनाइएको छ । ‘मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रूद्रगाडेश्वर उत्तर ढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको छ,’ प्रवक्ता अधिकारीले जानकारी दिए ।

आवश्यकताअनुसार तिलगङ्गा राम मन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने उनले बताए । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने पाँच वटा लाइन व्यवस्थापन गर्न लागिएको छ ।

पशुपतिनाथको मन्दिरनजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ । सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिब ६० वटा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिनेछ । आपतकालिन अवस्थाका लागि एम्बुलेन्ससमेतको व्यवस्था गरिएको अधिकारीले बताए । ‘प्रत्येक दर्शनमार्गलाई पायक पर्नेगरी एम्बुलेन्स स्टेन्डबाई रहने गरी व्यवस्था मिलाइएको छ ।’

१० लाख भक्तजन आउने अनुमान

यसपटक शिवरात्रिको विशेष अवसरमा लगभग १० लाखको हाराहारीमा भक्तजन पशुपति दर्शन गर्न आउने अनुमान गरिएको अधिकारी बताउँछन् । ‘अघिल्लो वर्ष कोरोनाले गर्दा दर्शनार्थीहरूको घुइँचो कम थियो । साधु–सन्तहरूको उपस्थिति पनि धेरै थिएन, तर यो वर्ष भने ५ हजारको हाराहारीमा साधुसन्तहरू आउने अनुमान गरिएको छ,’ उनले भने ।

पशुपति क्षेत्र कानुनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा, भाङ, जाँड, रक्सीजस्ता नशालु पदार्थहरूको बिक्री–वितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न पशुपति क्षेत्र विकास कोषले सबैलाई अनुरोध गरिएको छ ।

यसैगरी, नेपाल स्काउटलगायत गरी करिब ५००० को संख्यामा स्वयंसेवकहरू परिचालन गरिनेछ । दर्शनार्थीहरूको लागि कुनै पनि पासको व्यवस्था नगरिएको कोषले जनाएको छ ।

गाँजाभाङ निषेधित क्षेत्र

हरेक वर्षजस्तै यो वर्ष पनि पशुपतिलाई गाँजा निषेधित क्षेत्र घोषित गरिएको छ । मेलामा मासु, मदिरा र गाँजा निषेध गरिएको छ । ‘पशुपति क्षेत्र कानुनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा, भाङ, जाँड, रक्सीजस्ता नशालु पदार्थहरूको बिक्री–वितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न पशुपति क्षेत्र विकास कोषले सबैलाई अनुरोध गरिएको छ,’ कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्लास्टिकको प्रयोगमा पनि रोक

पूजा गर्न जाँदा प्लास्टिक ब्याग तथा प्लास्टिक निर्मित सामग्रीको प्रयोग नगर्न पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको छ । साथै, मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थाहरूलाई कोषले भोजन, पानी, चिया वितरण गर्दा प्लास्टिकका कप प्रयोग नगर्न अनुरोध गरेको छ ।

मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य

कोरोना भाइरस संक्रमणको खतरा कायमै रहेको स्वास्थ्यका मापदण्ड पालनालाई अनिवार्य गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । ‘मापदण्डलाई पालना गरेर सम्भव भएसम्म भौतिक दूरी कायम गर्दै, मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

शिवरात्रिको भोलिपल्टबाट पशुपति मेला

महाशिवरात्रिको भोलिपल्टदेखि वनकाली क्षेत्रमा एक हप्ते मेला बजार सञ्चालन गरिने गरी कोषले अनुमति दिइसकेको छ । यो मेला हरेकवर्ष शिवरात्रीको भोलिपल्टबाट लाग्दै आएको छ । यद्यपि, गतवर्ष भने कोरोना महामारीका कारण मेला लाग्न सकेको थिएन । यसपाली भने मेलाबजार सञ्चालनका लागि अनुमति दिइसकिएको खतिवडाले जानकारी दिए

भिडियो :

फोटो/भिडियो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

यो पनि…
महाशिवरात्रिको तयारी पूरा, सवारीसाधनको रुट फेरियो
पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।