आजको फलफूल तथा तरकारीको मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन १६ गते सोमबार एक किलोग्राम गोलभेंडाको मूल्य ६६ रूपैयाँ ७६ पैसा तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २५ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६१ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य २२ रूपैयाँ ५० पैसा तोकिएको समितिले जनाएको छ ।
एक किलोग्राम काउलीको मूल्य २५, रातो मूला ४६ ६७ पैसा, सेतो मूला १३ रूपैयाँ ७५ पैसा, भन्टा ६५, मटरकोशा ६७ रूपैयाँ ५० पैसा तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११३ रूपैयाँ ३३ पैसा तोकेको छ ।
एक किलोग्राम सुन्तलाको मूल्य १४० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९३ रूपैयाँ ३३ पैसा तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११० रूपैयाँ तोकिएको छ ।