English

पल शाहलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति



अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले ७ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार प्रहरीसामू आत्मसमर्पण गरेका शाहलाई अदालतले पहिलोपटक सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको अदालतमा डिट्ठा पदमा कार्यरत विष्णूप्रसाद तिमल्सिनाले मेरोलाइफस्टाइललाई जानकारी दिए ।

‘उहाँलाई पक्राउ गरी प्रहरीले अदालतमा हाजिर गराएको थियो,’ उनले भने, ‘अदालतले आजकै दिनबाट लागू हुनेगरी सात दिनका लागि हिरासतमा राखेर बयान लिन अनुमति दिएको हो ।’

‘उहाँलाई पक्राउ गरी प्रहरीले अदालतमा हाजिर गराएको थियो,’ उनले भने, ‘अदालतले आजकै दिनबाट लागू हुनेगरी सात दिनका लागि हिरासतमा राखेर बयान लिन अनुमति दिएको हो ।’

पीडित युवतीका बाबुले जिल्ला प्रहरी कार्यालयमा आफ्नी छोरीमाथि जवरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएका थिए । आज आइतबार शाहले जिल्ला प्रहरी कार्यालय तनहुँसामू आत्मसमर्पण गरेका थिए ।

साथै, आइतबार नै उनका बाबुले नवरपरासीस्थित इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि पलविरुद्धको जाहेरी दिएका छन् ।

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पलविरुद्ध समिक्षाका बाबुले गैंडाकोटमा दिए अर्को जाहेरी



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested