English

पलविरुद्ध पीडित युवतीका बाबुले गैंडाकोटमा दिए अर्को जाहेरी



पीडित युवतीका बाबुले अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय, गैंडाकोट नवलपरासीमा अर्को जाहेरी दिएका छन् । आज (आइतबार) छोरीमाथि पलले नवलपरासीमा पनि जवर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएका हुन् ।

२०७७ चैत्र ७ गते गैंडाकोट रिसोर्टमा पनि शाहले छोरीमाथि करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी कार्यालयकी प्रहरी निरीक्षक लक्ष्मी खनालले मेरो लाइफस्टाइललाई जानकारी दिइन् । ‘हामीले जाहेरी दर्ता गरेका छौं,’ उनले भनिन्, ‘अब सरकारी वकिलहरुसँग परामर्श गरेर प्रकृया अघि बढाउँछौं ।’

पीडितका बुबाले गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जाहेरी दिएका थिए । अभिनेता शाहले आइतबार बिहान प्रहरीसामु आत्मसमर्पण गरेसँगै उनलाई नियन्त्रणमा लिइएको छ ।

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
प्रहरी कार्यालयमा आफैं उपस्थित हुने पलको घोषणा



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

काठमाडौं: प्रेमको यात्रा कहिलेकाहीँ फूलजस्तै सुगन्धित लाग्छ तर अन्त्यमा त्यहि प्रेमले काँडाले जस्तै पिडादायी घाउ दिन्छ । प्रेमको यात्रामा प्रेम

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ ।

Latest










Popular
Suggested