English

अजित कुमारको ‘वलिमै’को रेकर्ड



तेलुगु सुपरस्टार अजित कुमार र हुमा कुरैशी स्टारर फिल्म ‘वलिमै’ले कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ गरेको छ । यो फिल्मको ओपनिङ कलेक्सन ६२ दशमलब ३६ करोड रुपियाँ छ । फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

अजितको यो फिल्मले बक्स अफिसमा सबै रेकर्ड तोडेको छ । फिल्मले तमिलनाडुमा पहिलो दिनमा ३६ करोड रुपियाँको कलेक्सन गर्यो । त्यस्तै चेन्नईमा १ दशमलब ८४ करोड रुपियाँको ओपनिङ थियो । चेन्नईमा यति ठूलो ओपनिङ गरेको अजितको यो पहिलो फिल्म हो ।

पछि परे अल्लु अर्जुन

कोभिड महामारीमा रिलिज भएका दक्षिण भारतीय फिल्मको ओपनिङ राम्रो रहेको छ । गत वर्षको जनवरी १३ मा रिलिज भएको फिल्म ‘मास्टर’ले पहिलो दिनमा नै ४३ करोड रुपियाँ कलेक्सन गरेको थियो । त्यस्तै नोभेम्बर ४ मा रिलिज भएको रजनीकान्तको फिल्म तमिलनाडुमै ३४ दशमलब ९२ करोड रुपियाँको ओपनिङ कलेक्सन गरेको थियो ।

यसैगरी मोहनलालको ‘मरक्करः लायन अफ द अरेबियन सी’ ले पहिलो दिन ६ करोडको व्यापार गरेको थियो । अभिनेता अल्लु अर्जुनको ‘पुष्पाः द राइज स्टार’ले ६२ दशमलब ५० करोडको ओपनिङ गरेर ओपनिङको मामलामा वर्षकै सबैभन्दा ठूलो फिल्म बनेको थियो ।

अजितको पोस्टरमा दुध र दही

फिल्म र अभिनेता अजित कुमारलाई लिएर फ्यानको क्रेज यति धेरै छ कि दक्षिण भारतका कैयौं सहरमा रहेका फिल्म हल बाहिरको सडक जाम भएको थियो । जसकारण कैयौं रुटलाई डाइभर्ट गर्नुपरेको थियो । एक भिडियोमा फ्यानहरूले अजित कुमारको ठूल्ठूला पोस्टरलाई दुध र दहीले नुहाइदिँदै गरेको देख्न सकिन्थ्यो ।

अजितको ‘वलिमै’को विश्वव्यापी थिएट्रिकल राइट ९६ करोड रुपियाँमा बिक्री भएको छ । यो आँकडाअनुसार यो फिल्मले सन् २०१७ मा रिलिज उनकै फिल्म ‘विवेगम’को रेकर्ड तोडेको छ । त्यस समयमा ‘विवेगम’ ८५ करोडमा थिएट्रिकल राइटका रूपमा बिक्री भएको थियो ।

अजितको फिल्मले थिएट्रिकल राइट्सबाहेक स्याटेलाइट, डिजिटल प्लेटफर्म र म्युजिकका माध्यमबाट करिब ६० करोड रुपियाँ कमाएको छ । फिल्मले रिलिजअघि नै एक सय ५५ करोड रुपियाँ कारोबार गरिसकेको छ ।

एच विनोदको निर्देशनमा बनेको फिल्ममा अजित र हुमाका अलावा कार्तिकेय, योगी बाबू, सुमित्रा र पुगाजको पनि अभिनय छ । फिल्ममा अजितले एक प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् । फिल्मको निर्माता बोनी कपूर हुन् ।

यो पनि…
धर्मेन्द्रसँग जोडिएको एक किस्सा
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।