English

प्रहरीसमक्ष यसरी पुगे पल शाह



अभिनेता पल शाहलाई प्रहरी नियन्त्रणमा लिएको छ । आज (आइतबार) बिहान जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका शाहलाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीका प्रवक्ता डिएसपी युवराज खड्काले मेरोलाइफस्टाइललाई जानकारी दिए ।

गत बुधबार गायिका समिक्षा अधिकारीले पलले आफूमाथि जवर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही दिन यता प्रहरीको फरार सूचीमा रहेका शाह आइतबार आफैं प्रहरीका कार्यालय पुगेका हुन् ।

प्रहरी कार्यालयमा जानुअघि सामाजिक सञ्जालमार्फत शाहले आफैं प्रहरी कार्यालयमा हाजिर हुन जान लागेको जनाएका थिए ।

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
प्रहरी कार्यालयमा आफैं उपस्थित हुने पलको घोषणा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested