English

नेपालगञ्ज र दाङमा खुले गल्फ लुब्रिकेन्टका नयाँ शोरुम



नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्ज र दाङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । लिमिटेडको नेपालगञ्जका लागि आधिकारिक विक्रेता रवि ट्रेडर्स र दाङकोे आधिकारिक विक्रेता मध्यपश्चिम सप्लायर्सको नयाँ शोरुम उद्घाटन गरिएको हो ।

ग्राहकलाई उच्च सेवा प्रदान गर्न नयाँ शोरुमहरु संचालनमा आए लिमिटेडका अध्यक्ष अरुण चौधरीले बताए । शोरुमको उद्घाटन गर्दै चौधरीले भने, ‘गल्फ ब्राण्ड अन्तराष्ट्रिय ब्रान्ड हो जुन उच्च गुणस्तरका लागि प्रख्यात छ । साथैै, नेपाली बजारमा गल्फ सर्वाधिक विक्री हुने लुब्रिकेन्ट ब्राण्ड हो ।’

उद्घाटित शोरुमहरुबाट सबै गल्फ ब्रान्डका उत्पादनलाई ग्राहकमाझ उपलब्ध गराउने र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्ट प्रयोग गर्न पाउने लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले बताए । ‘फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो,’ भट्टराईले भने, ‘यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार