English

माओवादी केन्द्र पनि एमसीसी अनुमोदन गर्ने पक्षमा

एमसीसीविरुद्ध आज ४० भन्दा बढी दल बानेश्वरमा सडकमा उत्रिँदै


नेकपा माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणसहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । यसअघि विपक्षमा उभिँदै आएको माओवादी केन्द्र पनि अन्ततः पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो ।

बालुवाटारमा पनि भर्खरै बैठक

बालुवाटारमा सुरु भएको सत्तारुढ गठबन्धनको बैठक भर्खरै सकिएको छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बैठक बसेको हो ।

बैठकअघि एमसीसीको विरोध गर्दै आएको माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पक्षमा संसदमा मतदान गर्ने निर्णय गरेको थियो । त्यसपछि बैठकमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन्

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकाप एस (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस नेता कृष्ण सिटौला लगायतका नेता रहेका छन् ।

बैठकअघि एमसीसीको विरोध गर्दै आएको माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पक्षमा संसदमा मतदान गर्ने निर्णय गरेको थियो । त्यसपछि बैठकमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् ।

दुई घण्टाअघि नै संसद भवन पुग्न आफ्ना सांसदलाई कांग्रेसको ह्विप
सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ ।

आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको हो । निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् ।

एमसीसीविरुद्ध आज ४० भन्दा बढी दल सडकमा उत्रदै, माइतिघरदेखि कोटेश्वरसम्म प्रदर्शन गरिने
एमसीसीको विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गर्दै छन् ।

एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन ४० भन्दा बढी दलले आज काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम राखेका हुन् ।

विरोधका कार्यक्रम विहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन तथा मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन् । कार्यक्रम विहान ११ बजे माइतिघर मण्डलामा भेला भएर बानेश्वरतर्फ अघि बढ्ने आयोजकले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट जनवर्गिय संगठन तथा मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन् । कार्यक्रम विहान ११ बजे माइतिघर मण्डलामा भेला भएर बानेश्वरतर्फ अघि बढ्ने आयोजकले बताएका छन् ।

संसदमा एक सदस्य रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौताविरुद्ध कोटेश्वरबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । कार्यक्रम कोटेश्वरबाट विहान साढे ११ बजे सुरु हुने नेमकिपाले जनाएको छ ।

एमसिसी खारेज संयुक्त अभियान नेपालले पनि शंखमूलमा भेला भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । शंखमुलमा भेला नयाँ बानेश्वरसम्म नारावाजी गर्दै जाने कार्यक्रम अभियानको छ ।

यो पनि
एमसीसीमा उपेन्द्र मौन, बाबुराम पास गराउन आतुर



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।