English

प्रहरी कार्यालयमा आफैं उपस्थित हुने पलको घोषणा



अभिनेता पल शाहले प्रहरी कार्यालयमा आफैं उपस्थित हुने घोषणा गरेका छन् । गत बुधबार पीडित युवतीले पलविरुद्ध किटानी जाहेरी दिएसँगै प्रहरीको फरार सूचीमा रहेका शाहले आइबार फेसबुकमा स्टाटस लेख्दै आफैं उपस्थित हुने जानकारी गराएका हुन् ।

स्वास्थ्यस्थिती बिग्रिएको, घर व्यवहार मिलाउनु पर्ने र प्रदर्शित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ लाई कुनै असर नपरोस् भन्दै आफू प्रहरीसामू उपस्थित हुन नसकेकोमा क्षमा मागेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नमस्कार सबैमा, मेरो आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म यस्तो गित गाउछु २ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामू उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामू म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यवाद ।’

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पल शाहले भने- दोषी प्रमाणित भए सजाय भोग्न तयार छु



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested