English

‘पानीफोटो’को रिलिज मिति तोकियो



अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ आगामी १० भदौमा रिलिज हुने भएको छ । ‘टलकजंग भर्सेस टुल्के’मार्फत फिल्म अभिनयमा होमिएका खगेन्द्रले ‘पशुपति प्रसाद’, ‘धनपति’ हुँदै ‘डमरुको डण्डीवियो’सम्म आइपुग्दा आफूलाई ‘भर्सटायल अभिनेता’ को रूपमा परिचित गराइसकेका छन् । उनी फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा होमिएका हुन् ।

स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाआमाको कथालाई दर्शक माझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो ।

फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ,अजस्र ढुंगाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायाँकन काठमाडौंसँगै बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । दीपक बज्राचार्यको छायाँकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । पुष्पा संगमको पाश्र्व संगीत छ ।

यो पनि
राजा दशरथ परिवारले दिएको सन्देश



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ ।

काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

Latest










Popular
Suggested