अनौठो विवाह : शिवको भेष धारण गरेर बेहुली लिन निस्किए बेहुला
भारतको कानपुरको शिवलीमा रहेको महाकालेश्वर शिव मन्दिरमा अनौठो विवाह भएको छ ।

मन्दिर परिसरमा शिवको भेष धारण गरेर एक विवाह सम्पन्न भएको छ । उनीहरुको यस विवाहले धेरैको मन तानेको छ । जसका कारण त्यहाँ उपस्थित मानिसले फूलको वर्षा गरेका छन् ।

विवाहमा बेहुला मात्रै शिवको भेषमा नभएर जनती पनि देवगणको भेषमा थिए ।

उनीहरुले विभिन्न मन्दिरमा नाचगान गरेर विवाह सम्पन्न गरेका हुन् । विवाहमा बेहुला शिवको भेषमा र बेहुली उमा (पार्वती) को भेषमा रहेका थिए । त्यहाँ यस किसिमले हरेक वर्ष विवाह गरिने परम्परा रहेको छ ।