किन हुन्छ स्वप्नदोष ? कसरी गर्ने नियन्त्रण ?
स्वप्नदोष । किशोरावस्था वा युवायुवतीमा देखिने एक समस्या हो । विशेषगरी, पुरुषमा यो समस्या धेरै देखिने चिकित्सकको भनाइ छ । स्वप्नदोष भनेको निद्रामा (सपनामा) कुनै महिलासँग यौनजन्य क्रियाकलाप गरेसँगै वीर्य स्खलन हुने हुन्छ । यौन सपनाको क्रममा कतिपयलाई वास्तवमै यौन कार्य गरिरहेको अनुभूति हुन्छ । यस्तो बेला यौन पार्टनर परिचित वा अपरिचित दुवै हुन सक्छ । त्यसो त केटीहरुमा पनि योनी भिज्ने गरी स्वप्नदोष हुनसक्छ ।
केटीहरूमा रजस्वलाजस्तै किशोरहरूमा यो यौनक्षमता विकासको चिह्न हो, स्वप्नदोष । निदाइरहेको बेलामा अन्य सपना देखेजस्तै यौनसम्बन्धि सपना देख्नु स्वभाविक प्रक्रिया हो । त्यसो त यौन सपनाको क्रममा स्वप्नदोष पनि हुन सक्ने भएकाले दुवै फरक–फरक कुरा हुन् । सधैंजसो र सबैको स्वप्नदोष हुनैपर्छ भन्ने छैन । कतिपय बेलामा अर्धचेतन अवस्थामा लिङ्ग उत्तेजना मात्र पनि हुन सक्छ ।
१८, १९ वर्षको उमेरमा स्वप्नदोष धेरै हुन्छ । किनभने यो उमेरमा विवाह भएको हुँदैन । यो बेला कसै–कसैमा हर्मोनको मात्रा धेरै बढेको हुन्छ । यस्तो बेला यौनसम्पर्क वा हस्तमैथुन गरिएन भने विर्यले आफ्नो बाटो आफैं खोज्छ । एकहिसाबले त्यसलाई ‘ओभरफ्लो’ भएको भनेर पनि बुझ्न सकिन्छ ।
स्वप्नदोषबारे धेरैकिसिमका भ्रमहरु छन् । स्वप्नदोष भइसकेपछि दुब्लाउने, नपुङ्सक हुने लगायतका भ्रम छन् । तर, यथार्थमा त्यस्तो होइन । यद्यपि, धेरै नै स्वप्नदोष भयो भने यसलाई नियन्त्रण भने गर्नुपर्छ ।
स्वप्नदोषलाई नियन्त्रण गर्ने उपाय
– नियमित व्यायाम गर्ने
– सन्तुलित आहार खाने
– सकारात्मक सोच राख्ने
– यौन परिकल्पना नगर्ने
– यौन सामग्री अत्यधिक नहेर्ने
– सुत्नुअगाडि पिसाब गर्ने
– सुत्नुअघि हातखुट्टा राम्ररी धुने
– मन शान्त पारेर सुत्ने
– सुत्ने कोठामा उत्तेजक तस्विर हटाउने
– यौनांगको सरसफाइमा ध्यान दिने
स्वप्नदोष कम गर्न के खाने ?
– दूधमा बदाम, केरा, अदुवा मिसाएर खाने
– लौका सेवन गर्ने
– लसुन प्याजको सेवनले पनि स्वप्नदोष कम हुन्छ ?
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?