विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।
२१. भारतको हैदरावादस्थित सुकेको रातो खुर्सानी सफा गर्दै । २०. इङ्गल्यान्डको सेभेर्न नदीमा आएको बाढीको दृश्य ।
१९. भारतको कश्मीरस्थित परेको हिउँले ढाकिएको मैदानमा एक कुकुर उभिएको दृश्य ।
१८.कुमालेहरूले कराँचीको एउटा कार्यशालामा माटोको भाँडा सुकाउँदै ।
१७. भारतको आसाममा धान रोप्दै ।
१६.पाकिस्तानको कान्दाहारमा रोटी पकाउँदै ।
१५.साईप्रसको एक समुन्द्र किनारमा सूर्यास्तको दृश्य ।
१४. भारतको कर्नाटकमा बैलगाडी दौडमा सहभागी युवा किसानहरू ।
१३. क्युबाको भिनालेसमा सुर्ती खेतीमा किसान ।
१२. सूर्य विनायक नगरपालिका–५ दधिकोटमा निर्माण गरिएको काँचो दाची इँट्टा पोल्न इँट्टाभट्टातर्फ लैजाँदै मजदुर ।
११. बिहीबार साँझ पोखराको फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक ।
१०. मध्यपुर थिमि शंखधर चोकको दक्षिण रहेको हनुमन्ते खोलामा मध्यपुर थिमि– ४ र सूर्य विनायक नपा– ४ जोड्ने पुल निमार्ण गरिँदै ।
९. नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट ११ भेँडाबारीमा चैते धान रोप्नका लागि खेतमा ट्युबेलबाट सिँचाइ गरिँदै ।
८.कृष्णपुर नगरपालिका– २, बाणिका महिला लालझाडी संरक्षण क्षेत्रको वनबाट सङ्कलन गरेका पातको भारी बोकेर घरतर्फ जाँदै । सुकेका पात सङ्कलन गरी जैविक मल निर्माण गरी खेतबारीमा हाल्ने गरिन्छ ।
७. आफ्ना नाबालक बालबालिकाको तौल लिन बारेकोट गाउँपालिका –८ सुपुखोला स्थित स्वास्थ्य चौकीमा आएका अभिभावक आमाहरू ।
६. कपिलवस्तुको शिवराज नगरपालिका– ६ मा फाइवस्टार इँट्टा उद्योगमा इँट्टा बनाउँदै बालक । जिल्लाका केही इँट्टा उद्योगमा बालबालिकाले काम गरिरहेका छन् ।
५. द क्याराभान कम्पनीले ठेक्का लिएर नासो गाउँपालिका ५ र ६ जोड्ने दूध खोलाको पुल ठेकेदार कम्पनीले निर्माण नगरेपछि स्थानीयले नै निर्माण गरेको काठे पुल ।
४. महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको महेन्द्रचाेकमा तेजपात बिक्री गर्दै व्यापारी दम्पती ।
३. म्याग्दीको बेनी नगरपालिका–९, ढोल थानामा थाक्रोमा भण्डारण गरेर राखिएको मकै ।
२. पोखरामा आइतबार परेको असिनाले मुख्य बजार चिप्ले ढुङ्गा, महेन्द्रपुललगायतका स्थानमा यातायात आवतजावतमा समस्या भएपछि डोजर लगाएर सडकमा भरिएको असिना हटाउँदै ।
१. म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको स्वास्थ्य चौकीमा कोरोना विरुद्धको तेस्रो मात्रा खोप लगाउनको लागि ज्येष्ठ नागरिकलाई बोकेर खोप केन्द्रमा लैजाँदै स्थानीय महिला स्वास्थ्य स्वयंसेविका ।