English

‘आमाले जस्तैे सेल रोटी बनाउन खोज्छु, तर जान्दिनँ’



युवा पुस्ताले एकदमै रुचाएकी गायिका हुन् प्रीति आले । नेपाली गीत सङ्गीतमा फरक पहिचान बनाएकी गायिका प्रीति आलेले प्रकाश सपूतसँगको सहकार्यमा गाएको ‘दोहोरी ब्याटलले’ धेरै चर्चा कमाएको थियो । ‘बामरी,’ ‘दोहोरी ब्याटल’ र ‘दोहोरी ब्याटल २’ हिट भएसँगै उनलाई धेरैले चिने । उनले गाउने गीतहरू फरक–फरक धारका हुन्छन् । उनले गाएको प्राय गीतमा उनी स्वयं अभिनय पनि गर्छिन् । उनले पछिल्लो समय गाएका गीतहरू फरिया, फरिया–२ पनि चर्चित छन् ।

गायिका प्रीति आलेको बाल्यकाल तनहुँमा बितेको थियो । सानैदेखि उनी चुलबुले स्वभावकी थिइन् । गीत गाउनमा र नाच्नमा पनि उनको सानैदेखि रुचि थियो । आलेलाई आफ्नो बाल्यकाल सम्झँदा असाध्यै रमाइलो लाग्छ । बाल्यकालसँग जोडिएको विभिन्न पक्षहरूमध्ये खाना पनि एउटा राम्रो पक्ष भएको आले बताउँछिन् । ‘सानोमा खाएका हरेक खानेकुरा विशेष हुने गथ्र्यो, बजारमा गएर किनेर खाने भन्ने थिएन घरमा जे पाक्छ त्यही खानुपथ्र्यो ।’

आमाले बनाएको सेलरोटी एकदमै गोलो र स्वादिलो हुन्थ्यो, आमाले सेल रोटी पकाएको दिन घर नै पूरै सेल रोटी वासना आउँथ्यो । आमाले बनाएको सेल रोटी साह्रै स्वादिलो हुन्थ्यो, ओहो सम्झिँदै खान मन लाग्छ ।

बाल्यकालमा खाएको खानेकुरा सम्झँदै आले भन्छिन्– ‘बाल्यकालमा त जे खाए पनि मिठो हुन्थ्यो, नमिठो लागेका खानेकुरा त कमै छन् ।’

कुनै विशेष चाडबाडको बेला उनको घरमा सेल रोटी पाकिहाल्थ्यो । आमाले बनाएको सेल रोटीको स्वाद उनको जिब्रोमा नै झुन्डिएको छ । बाल्यकालमा आमाले पकाएको सेल रोटी सम्झँदै उनी भन्छिन्– ‘आमाले बनाएको सेलरोटी एकदमै गोलो र स्वादिलो हुन्थ्यो, आमाले सेल रोटी पकाएको दिन घर नै पूरै सेल रोटी वासना आउँथ्यो ।’

उनलाई बाल्यकालमा खाएको खानेकुराहरूमध्ये एकदमै नपर्ने खानेकुरा सेलरोटी हो । ‘आमाले बनाएको सेल रोटी साह्रै स्वादिलो हुन्थ्यो, ओहो सम्झिँदै खान मन लाग्छ ।’

कतै पाहुना भएर जाँदा अहिले पनि सेल पाकेको छ र उनले खान भ्याइनन् भने उनी सेललाई प्याक गर्न लाउँछिन् । उनको घरका अन्य सदस्यहरूलाई सेल चिल्लो हुने भएकोले त्यति धेरै मन पर्दैन तर उनलाई भने असाध्यै मन पर्छ । त्यसैले, सेलरोटी खान मन लाग्यो भने उनी एक्लै भए पनि बनाएर खान्छिन् । ‘आमाले बनाउनुभएको जस्तो बनाउन आउँदैन, राम्ररी जोडिँदैन पनि तर जस्तो आउँछ त्यस्तै बनाएर खान्छु ।’

बजारमा पाइने सेलमा सोडा हालेर पकाइन्छ त्यही पनि राम्ररी पाकेको हुँदैन । इस्ट तथा नराम्रो तेलको प्रयोग गरेर बनाइएको सेल स्वास्थ्यको लागि पनि राम्रो हुँदैन ।

अहिले बजारमा पनि छ्यापछ्याप्ती सेलरोटी पाइन्छ तर उनलाई भने बाहिर किनेर खाएको भन्दा घरमै बनाएको सेल मन पर्छ । ‘बजारमा पाइने सेलमा सोडा हालेर पकाइन्छ त्यही पनि राम्ररी पाकेको हुँदैन । इस्ट तथा नराम्रो तेलको प्रयोग गरेर बनाइएको सेल स्वास्थ्यको लागि पनि राम्रो हुँदैन ।’

बाल्यकालमा खाएको सेल सम्झँदै उनी भन्छिन् ‘आमाले कम चिनी राखेर सिमलको जरा तथा मुडलपातेको चोप राखेर सेल पकाउनुहुन्थ्यो ।’, ‘त्यो स्वाद पाउन त गाह्रो छ तर, जस्तो भए पनि सेल भनेपछि म हुरुक्कै हुन्छु ।’

यो पनि…
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।