English

भरतमणिका फ्यान : मुटु दिन्छु भन्नेदेखि उपहार दिनेसम्म



हास्यकलाकार भरतमणि पौडेल ‘कमेडी च्याम्पियन २’ को विजेता हुन् । उनले कमेडी च्याम्पियनको स्टेजमा गोकुल बाँस्कोटाको क्यारिकेचर गरेको भिडियो सामाजिक सञ्जालमा लामो समय भाइरल भयो । त्यो भिडियोको कारण भरतमणिलाई चिन्ने र मन पराउनेहरूको सङ्ख्या पनि बढ्यो । त्यसपछि, कमेडी च्याम्पियनकै स्टेजमा उनले पूर्व युवराज पारस शाहको क्यारिकेचर गरे जसले उनको क्रेज झन् बढायो ।

उनले गरेको अभिनयको कारण उनले धेरै दर्शकको साथ र सहयोग पाएर कमेडी च्याम्पियन–२ जित्न सफल भए । उनलाई माया गर्ने र फलो गर्ने धेरै फ्यानहरूमध्ये केही अनौठा फ्यानलाई उनी यसरी सम्झन्छन् :

मुटु दिन्छु भन्ने फ्यान

कमेडी च्याम्पियनमा गएपछि मलाई धेरै फ्यानहरूले म्यासेज गर्नुहुन्थ्यो । धेरै म्यासेजहरू म इग्नोर गर्थे केही म्यासेजहरू मात्र पढ्थे । म तपाईंलाई माया गर्छु मन पराउँछु भनेर धेरै फ्यानहरूले म्यासेज गर्नुहुन्थ्यो । एकपटक म्यासेज बक्स हेर्दै थिएँ । एउटा म्यासेजमा टक्क आँखा अडियो । म्यासेजमा लेखिएको थियो ‘तपाईंलाई सास फेर्न गाह्रो भयो भने मलाई भन्नुहोला म मेरो मुटु नै दिन्छु ।’

स्केच बनाएर उपहार दिने फ्यान

धेरै फ्यानहरूमध्ये एक जना फ्यानलाई पनि म सधैँ सम्झन्छु । कमेडी च्याम्पियनको विजेता भएपछि एक जना फ्यानलाई भेट्ने मौका जुरेको थियो । ती फ्यानले मलाई भेट्दा उपहार दिएका थिए । प्याकेटभित्र के होला भनेर हेर्न म आतुर थिए । घर जानेबित्तिकै खोलेर हेर्दा मेरो स्केच रहेछ । धेरै खुसी लाग्यो त्यो उपहारलाई मैले सम्हालेर राखेको छु ।

चकलेट र जुत्ता गिफ्ट दिने फ्यान

मलाई चकलेट एकदमै मनपर्छ । त्यसको साथै म जुत्ताको पनि सौखिन व्यक्ति हुँ । मेरो धेरै साथीहरूलाई यो कुरा थाहा छ । खै कसरी हो मेरा केही फ्यानहरूलाई पनि यो कुरा थाहा भएछ । एक जना फ्यानले मलाई भेट्न आउँदा चकलेट र जुत्ता उपहार दिनुभएको थियो । चकलेट र जुत्ता उपहार पाएर म मख्खै परेको थिए ।

अस्ट्रेलियाबाट यस्तो ड्रेसअप गर्नु भनेर सुझाव दिने फ्यान

मलाई माया गर्ने फ्यानहरू स्वदेशको साथसाथै विदेशमा पनि थुप्रै हुनुहुन्छ । एक जना फ्यान अस्ट्रेलियामा हुनुहुन्छ । उहाँसँग मेरो बेलाबेलामा कुराकानी भइरहन्छ । परिवारको सदस्य जस्तै व्यवहार गर्नुहुन्छ । भाइ तिमीलाई यो लुगा सुहाउँछ, यो हेयर स्टाइल सुहाउँछ भनेर सुझाव दिनुहुन्छ । उहाँ पनि बिर्सन नसकिने फ्यानमा पर्नुहुन्छ ।

यो पनि
किरण केसीका ४ अनौठा फ्यान
‘बल्छी ध्रुवेका’ फ्यान : सिरियल हेरेर नेपाली बोल्नेदेखि फोटो राखेर केक काट्नेसम्म



सम्बन्धित खबरहरु

आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा

काठमाडौंः नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । यही असोज ३

पब्लिक स्पिच नेपाल सम्पन्न, जिते दिपक रावतले प्रथम पुरस्कार पब्लिक स्पिच नेपाल २०८२ मा जाजरकोटका दिपक रावत बिजेता बनेका छन्

सङ्गीतकार दीपकराज विश्वकर्मा, गायक नारायण गजमेर र गायिका मेलिना राईको सहकार्यमा तयार भएको दसैं गीत ‘टिका जमरा’ को भिडिओ सार्वजनिक

Latest










Popular
Suggested