संसारकै विषालु च्याउ !
स्वास्थ्यका लाागि च्याउ एकदमै फाइदाजनक मानिन्छ । च्याउ तरकारीबाहेक बर्गर, पिज्जा लगायतमा पनि प्रयोग हुन्छ ।
त्यसो त जंगली च्याउ खाएर मृत्यु भएको समाचार पनि हामीले बेलाबेलामा सुनेका छौं । संसारको सबैभन्दा बिषालु च्याउ कुन होला ? यो सबैको चासोको विषय हुन सक्छ ।
अष्ट्रेलियाको क्वीन्सल्याण्डमा भेटिने च्याउ संसारकै विषालु र खतरनाक च्याउ रहेको एक रिपोर्टमा उल्लेख छ । यस ठाउँमा पाइने रातो रङको च्याउ मानिसको लागि एकदमै घातक हुन्छ । यो च्याउ खाना त टाढाको कुरा, छोएमा मात्र पनि मान्छे विरामी हुन्छन् । पहिला यो च्याउ जापान र कोरियामा पनि भेटिन्थ्यो । तर, हाल अष्ट्रेलियाको क्वीन्सल्याण्डमा मात्रै भेटिन्छ ।