English

शरीर दुख्ने समस्या कम गर्ने घरेलु उपाय



एउटै ठाउँमा लगातार काम गर्दा तपाईंको शरीर मांसपेशीमा दुखाइ महसुस हुन्छ ? कहिलेकाहीँ शारीरिकरूपमा सक्रिय नहुनाले पनि शरीर दुख्न थाल्छ । शरीर दुख्ने धेरै कारण हुन सक्छन् । जस्तै थकान, कमजोरी, व्यायाम नगर्नु, एकै ठाउँमा बस्नु वा अन्य कुनै रोग ।

अक्सर मानिसहरू शरीर दुखाइ कम गर्नको लागि पेन किलर सेवन गर्छन् । पेन किलरको प्रयोगबाट पनि साइड इफेक्ट हुन्छ । त्यसैले, निम्न घरेलु उपाय अपनाएर शरीर दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ :

शरीरको दुखाइ कम गर्ने ४ घरेलु उपाय
-एप्पल साइडर भिनेगरको सेवनले शरीरको दुखाइबाट छुटकारा पाउन सकिन्छ । यसमा एन्टी-इन्फ्लेमेटरी, एन्टी-माइक्रोबियल गुणहरू हुन्छन्, जसले कुनै पनि प्रकारको दुखाइलाई हटाउँछ । एक गिलास तातो पानी लिनुहोस् । त्यसमा एक चम्चा एप्पल साइडर भिनेगर, एक चम्चा मह मिसाउनुहोस् । यसको सेवनले दुखाइमा आराम मिल्छ ।

-अदुवामा एन्टी इन्फ्लेमेटरी, एनाल्जेसिक तत्व हुन्छ, जसले शरीरको दुखाइ, सुन्निने समस्यालाई कम गर्न मद्दत गर्छ । भाँडोमा एक कप पानी हाली अदुवाका केही टुक्राहरू हालेर उम्लिन दिनुहोस् । यसलाई छानेर तातै पिउनुहोस् । चियामा अदुवा मिसाउँदा पनि दुखाइमा आराम मिल्छ ।

-तोरीको तेल तताएर पूरै शरीरमा मालिस गर्नाले पनि दुखाइबाट आराम मिल्छ । यसले रक्तसञ्चार सुधार गर्छ । सुन्निने समस्या कम गर्न तोरीको तेलले मालिस गर्नु राम्रो हुन्छ । तोरीको तेललाई मनतातो गरी शरीरमा मालिस गर्ने । तेलमा केही लसुनको पोटी, ओरेगानो मिसाएर पनि मसाज गरी आधा घण्टापछि नुहाउने ।

-कहिलेकाहीँ खानामा आवश्यक भिटामिन र खनिजको कमीले पनि शरीर र मांसपेशी दुख्ने गर्छ । मांसपेशी स्वस्थ राख्न भिटामिनको सेवन आवश्यक छ । भिटामिन ‘बी’ १, ‘डी’ र ‘ई’ को कमीले पनि स्नायु, मांसपेशीमा क्षति पुर्याउन सक्छ । यसले शारीरिक कमजोरी र पीडा निम्त्याउँछ । यस्तो अवस्थामा खानामा भिटामिन युक्त चीजहरू समावेश गर्नुहोस् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा के-के कुरामा ध्यान दिने ?



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested