English

एमसीसी विवादले वैदेशिक सहायतामा असर



देशभित्र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर राजनीतिक दलहरु विभाजित हुँदा त्यसको असर नेपाल भित्रने वैदेशिक सहायतामा परेको छ ।

देशका प्रमुख राजनीतिक दलहरु एमसीसी सहयोग लिने वा नलिने भन्नेमा लामो समयदेखि विवाद गरिरहँदा नेपाल भित्रने वैदेशिक सहायता प्रतिवद्धतामा ठूलो गिरावट आएको हो ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा नेपालले मात्र १ खर्ब १० अर्ब ८५ करोड रुपियाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सुरुवाती ६ महिनामा नेपालले प्राप्त गरेको वैदेशिक सहायता प्रतिवद्धता ४०.९ प्रतिशतले खुम्चिएको छ । अर्थात अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालले ७६ अर्ब ५८ करोड ४० लाख कम वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा नेपालले कूल १ खर्ब ८७ अर्ब ४४ करोड रुपियाँ बराबरको आर्थिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो ।

२०७८ साउन महिना यता नेपालले सबैभन्दा बढी वैदेशिक सहायता प्रतिवद्धता पुस महिनामा प्राप्त गरेको छ । गत कात्तिक महिनामा नेपालले कुनै पनि प्रकारको सहायता प्रतिवद्धता प्राप्त गरेन ।

चालु आर्थिक वर्षको साउनमा २ अर्ब ३६ करोड ३० लाख रुपियाँ, भदौमा ४१ अर्ब ९५ करोड ६० लाख रुपियाँ, असोजमा ११ अर्ब ६२ करोड ३० लाख रुपियाँ, मंसिरमा ८ अर्ब २१ करोड १० लाख रुपियाँ र पुसमा ४६ अर्ब ७० करोड रुपियाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये १ खर्ब ४ अर्ब ऋण सहायता र ६ अर्ब ८५ करोड ६० लाख रुपियाँ अनुदान सहायता रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को साउनमा ५४ अर्ब ९३ करोड ५० लाख रुपियाँ, भदौमा २९ अर्ब १३ करोड ६० लाख रुपियाँ, असोजमा १ अर्ब ३२ करोड ४० लाख रुपियाँ, कात्तिकमा ५ अर्ब १५ करोड २० लाख रुपियाँ, मंसिरमा ४५ अर्ब ५६ करोड ३० लाख रुपियाँ र पुसमा ५१ अर्ब ३२ करोड ७० लाख रुपियाँ नेपालले वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले प्राप्त गरेको कूल वैदेशिक सहायता प्रतिवद्धतामा १ खर्ब ६९ अर्ब ३१ करोड १० लाख रुपियाँ ऋण सहायता र १८ अर्ब १२ करोड ५० लाख रुपियाँ अनुदान सहायता रहेको थियो ।

चालु आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमशः ६.२ प्रतिशत र ९३.८ प्रतिशत रहको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ९.७ प्रतिशत र ९०.३ प्रतिशत रहेको थियो ।

कूल वैदेशिक सहायता प्रतिवद्धतामध्ये बजेट सहायता ४२.१ प्रतिशत, स्वास्थ्य २३.१ प्रतिशत, शिक्षा १४.३ प्रतिशत, कृषि १०.५ प्रतिशत, उर्जा ६.५ प्रतिशत र अन्यमा ३.६ प्रतिशत रहेको छ ।

यो पनि
६ महिनामा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब
वैदेशिक व्यापार ४६.४३ प्रतिशतले वृद्धि



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।