English

आईकाओको स्वीकृति लिँदै गौतमबुद्ध विमानस्थल

विभिन्न देशमा सीधा उडान भरिँदै


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अब छिटै नै परीक्षण उडान पश्चात् नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सर्टिफिकेसन सकेर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा रहेको छ । फागुन १५ सम्म हुने क्यालिब्रेसन फ्लाइटपछि परीक्षण उडान हुने र त्यसपश्चात् आईकाओको सर्टिफिकेट लिने प्रक्रिया अगाडि बढ्ने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि यो मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालनमा आउने छ । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल ६ दशकअघिबाटै अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सञ्चालनमा रहेको छ ।

नेपालमा तीन दशक अगाडिबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको अन्यथा काठमाडौंको विमानस्थलले मात्रै नेपालको हवाई चाप धान्न नसक्ने भनेर सिफारिश गरिएको थियो ।

अब भने त्रिभुवन विमानस्थलपछि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा पुगेको छ । यस विमानस्थलबाट पाँच घण्टा बढीको हवाई उडान अवधि रहने ठाउँहरूमा पनि सेवा दिन सकिने विमानस्थलले जनाएको छ ।

यान्त्रिक परीक्षण उडानपश्चात् नेपाल वायुसेवा निगमको एअरबस ए ३३० जहाजबाट परीक्षण उडान गर्ने, त्यससँगै आईकाओको सर्टिफिकेसन सकेर यस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको जनाइएको छ

हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणहरू जडान र क्यालिब्रेसन फ्लाइटको ठेक्का पाएको एरोनोटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को विशेष विमानले परीक्षण उडानको कामहरू गरिरहेको छ । यान्त्रिक परीक्षण उडानपश्चात् नेपाल वायुसेवा निगमको एअरबस ए ३३० जहाजबाट परीक्षण उडान गर्ने, त्यससँगै आईकाओको सर्टिफिकेसन सकेर यस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको छ ।

यस विमानस्थलबाट हवाई सेवा सञ्चालनका लागि एअर स्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिडियोर लगायतका सबै तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए । त्यस्तै, विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय सेवा प्रदायक हवाई कम्पनीहरूले पनि यहाँबाट आफ्नो सेवा सञ्चालनका लागि तयारी थालेका छन् ।

विमानस्थल प्रशासनका अनुसार पछिल्लो समय यो विमानस्थलबाट कतार एअरवेज, फ्लाइट दुबई, श्रीलंकन एअरवेज, म्यानमार एअरवेज लगायतका विभिन्न विमान कम्पनीहरूले आफ्नो सेवा सञ्चालन गर्न चासो देखाइरहेका छन् भने विमानस्थल आयोजनाले थाइल्यान्ड, भारत, अष्ट्रेलिया लगायतका देशहरूसँग पनि यस विमानस्थलमा त्यस देशका विमान कम्पनीहरूको सेवा सञ्चालनका लागि पत्राचार गरेको छ ।

हवाई सेवा सञ्चालनका लागि एअर स्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिडियोर लगायतका सबै तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए ।

यो विमानस्थल फोर इ क्याटगोरीको भएकाले यहाँबाट बोइङ ७७७२००, एअरबस ए ३३० ३०० प्रकारका जहाजहरूले पनि सेवा दिन सक्नेछन् र पाँच घण्टा बढीको उडान अवधिमा पनि यहाँबाट सीधै उडान भर्न सकिनेछ । अर्थात् भैरहवाबाट सीधै जापान, अष्ट्रेलियादेखि युरोप, अमेरिकासम्म उडान गर्न सकिनेछ ।

इन्स्टुमेन्टल ल्यान्डिङ सिस्टम र उच्चस्तरका प्राविधिक मेसिनहरू जडित फोर इ क्याटगोरीको यो विमानस्थलबाट प्रतिकुल मौसममा पनि लामो दूरिका मध्यममा ठूला जहाजहरुले उडान तथा अवतरण गर्न सक्नेछन् । यस विमानस्थल निर्माणका लागि आइसीवी–१ अन्तर्गत छ अर्ब ८२ करोड, आइसिवी–२ अन्तर्गत ५० करोड र विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा वितरणमा २२ अर्ब ४० करोड गरी कुल ३० अर्ब लागेको छ ।

यस विमानस्थलमा तीन हजार मिटरको धावन मार्ग, ट्याक्सी वे, पाँचवटा जहाज क्षमताको पार्किङ वे, टर्मिनल बिल्डिङ, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नी नियन्त्रक भवन, पानी ट्यांकी, तारबार, ड्रेनेज, पाँचसय कार क्षमताको पार्किङ, आवश्यक सबै उपकरणहरु जडान लगायतका कामहरु सकिएका छन् ।


यो पनि
क्यालिब्रेसन फ्लाइटले ल्यायो खुसीयाली
उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ