English

कांग्रेस-एमाले बैठकमा के भयो कुराकानी ?



नेपाली कांग्रेस नेकपा एमालेबीच संसदमा जारी गतिरोध अन्त्य गर्ने लगायतका विषयमा बिहीबार साँझ भएको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै पार्टीको शीर्ष नेताहरूले पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गरेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसीसी सम्झौता अधिकतम सहमतिमा पारित गर्न प्रस्ताव गरेका थिए । जवाफमा प्रमुख प्रतिपक्षी दलको नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले संसद् अवरोध गर्नुपर्नाको कारण समाधान नभएसम्म अरू विषयमा सोच्न नसकिने जवाफ दिए ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रधानमन्त्रीले एमसीसीमा अधिकतमक सहमति कायम गर्न राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा राख्नुभयो । एमालेले संसदमा राख्दै आएका माग सम्बोधन नभएसम्म नयाँ परिस्थिति नबन्ने धारणा ओलीजीले राख्नुभयो । यद्यपि छलफल निरन्तर राख्ने कुरा भएको छ ।’

कार्कीले अहिले नै गठबन्धन नटुटेको पनि बताएका छन् । ‘अहिले नै यो गठबन्धन टुटेको छैन । गठबन्धन कायमै छ । २०४८ सालदेखि संसदीय परम्परा र अभ्यासमा सरकारले ल्याएको प्रस्तावलाई सैद्धान्तिक छलफललाई मत विभाजन गरेर लाने परम्परा छैन’ उनले भने,‘यदी सरकारले ल्याएको प्रस्तावलाई यसरी मत विभाजन गर्न थाल्यौं भने भोलि कुनै पनि सरकारले ल्याएका प्रस्तावहरुमा छलफल नै नहुने परिस्थितिको सिर्जना हुन सक्छ ।’

बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागि थिए । त्यस्तै एमालेबाट अध्यक्ष ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायत सहभागि थिए ।

यो पनि
थप पेचिलो बन्दै एमसीसी विषय, सहमति जुटाउन कांग्रेसको दौडधूप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको