English

फोटो बेचेर ७ करोड, परिवारलाई थाहै छैन



संसारमा हरेक मानिसको सपना घर, बंगला, गाडी होस् भन्ने हुन्छ । त्यसैले, उनीहरू पैसा कमाउने नयाँ–नयाँ तरिकाहरू खोज्छन् । तर एक युवा सेल्फी बेचेरै करोडपति बनेका छन् । इन्डोनेसियाका सुल्तान गुस्ताफ अल गोजाली नाम रहेका २२ वर्षीय उनले सेल्फी बेचेर ७ करोडभन्दा बढी कमाएका छन् ।

कम्प्युटर विज्ञान पढ्दै गर्दा यी युवकले १८ वर्षको उमेरमा एक हजारभन्दा बढी सेल्फी खिचेका थिए, जसबाट उनले यति कम उमेरमै करोडौं कमाएका हुन् ।

उनले ‘गोजाली एभरी डे’ नामक भिडियो प्रोजेक्ट बनाएका थिए । यही प्रोजेक्टमार्फत युवकका तस्वीरहरू NFT का संङ्कलनकर्ताहरूले किनेका हुन् । गोजालीले NFT साइट Open Sea मा क्रिप्टोकरेन्सीका लागि आफ्नो सेल्फी बेचे । उनले आफ्नो सेल्फी कसैले किन्नेछन् भन्ने सोचेका पनि थिएनन् । तर, यी सेल्फीको मूल्य ३ डलर राखिएको उनले बताए । सन् २०१४ मा पहिलोपटक Nonfungible टोकन (NFT) ले जनताको ध्यान तानेको थियो । यो एक फरक प्रकारको अपरिवर्तनीय डाटा हो, जसमा मानिसहरूले क्रिप्टोकरेन्सी प्रयोग गर्छन् ।

यसपछि, एक सेलिब्रेटी सेफले उनका यी सेल्फीहरू किनेर सामाजिक सञ्जालमा प्रचार–प्रसार गरे, त्यसपश्चात् ४०० भन्दा बढी मानिसले यी फोटोहरू किनेका थिए । अहिले गोजालीले करोडौँ रुपैयाँ कमाइसकेका छन्, तर परिवारलाई भने यसबारे जानकारी दिएका छैनन् । उनले केही दिनअघि कर पनि बुझाएका थिए ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो