English

आफ्नो बायोग्राफी पुस्तकका लागि १५ करोडको सम्झौता



हलिउड पप स्टार ब्रिटनी स्पियर्स पुनः चर्चामा छिन् । हलिउडकी लोकप्रिय यी गायिका अब लेखक भएर पाठकमाझ आउने तयारीमा छिन् । उनले प्रख्यात प्रकाशक सिमोन एन्ड सुस्टरका साथ एक पुस्तक प्रकाशनका लागि सम्झौता गरेकी छन् । यो पुस्तकमा ब्रिटनीको बायोग्राफी हुनेछ ।

उनले पुस्तकका लागि १५ मिलियन अमेरिकी डलरको सम्झौता गरेकी छन् । सिमोन एन्ड सुस्टरले ब्रिटनीको जिन्दगीमा लेखिएको किताबको अधिकार आफूले लिइसकेको छ । पुस्तकमा ब्रिटनीको करियर, सम्बन्ध र पिता जेम्स स्पियर्सको संरक्षकत्वको समयमा गायिकाको जीवनमा आएको उतारचढावलाई लेखिनेछ ।

ब्रिटनी स्पियर्सको जिन्दगीमा आधारित यो पुस्तक हालसम्मकै सबैभन्दा ठूलो पुस्तक हुनेछ । ब्रिटनी पनि आफ्नो कथालाई विश्वसामु पढाउन र सुनाउन निकै उत्साहित छिन् ।

‘ब्रिटनी स्पियर्सको जिन्दगीमा आधारित यो पुस्तक हालसम्मकै सबैभन्दा ठूलो पुस्तक हुनेछ । ब्रिटनी पनि आफ्नो कथालाई विश्वसामु पढाउन र सुनाउन निकै उत्साहित छिन्’, सिमोन एन्ड सुस्टरले भनेको छ ।

सन् २०२१ को नोभेम्बरमा ब्रिटनीले पिता जेम्सको संरक्षकत्वबाट स्वतन्त्रता पाएकी थिइन् । लसएञ्जल्स काउन्टी सुपेरियर कोर्टका न्यायाधीस ब्रेन्डा पेनीले गायिका ब्रिटनीको संरक्षकत्वलाई टुंग्याउने फैसला सुनाएकी थिइन् । संरक्षकत्व टुंगिनुअघि ब्रिटनीका पिताले उनको व्यावसायिक, सामाजिक र आर्थिक निर्णय लिने गर्दथे । संरक्षकत्वबाट मुक्ति मिलेपछि ब्रिटनी पूर्ण रूपमा आफ्नो सम्पत्तिको आफैं मालिक बनेकी छन् ।

ब्रिटनी मानसिक पमा अस्वस्थ भएपछि सन् २००८ देखि पिता जेम्सले उनको संरक्षकत्वको जिम्मेवारी लिँदै आएका थिए । उनले पितामाथि मानसिक शोषण, घरमा बन्द गरेको, पैसा आफैंले राखेको र आफ्नो विवाह तथा सन्तान जन्माउन नदिएको जस्ता गम्भीर आरोप लगाएकी थिइन् ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।