English

पल शाहले भने- दोषी प्रमाणित भए सजाय भोग्न तयार छु



अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानूनअनुसार सजाय भोग्न तयार रहेको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमाथि षडयन्त्र भएको भन्दै आफू दोषी ठहरिए कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएका हुन् । उनले भनेका छन्, ‘यदी म दोषी भए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार छु ।’

अभिनेता शाहले आफूमाथि षडयन्त्र गर्नेहरू दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईं रहेको खुलाएका छन् । शाहले उनीहरूको अडियो क्लिपसमेत सार्वजनिक गरिदिएका छन् ।

उनीविरूद्ध बुधबार एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी छिन् । अभिनेता शाहले आफूलाई विगत दुई वर्षदेखि पटक-पटक जबरजस्ती करणी गरेको आरोप उनले लगाएकी छिन् ।

यो पनि
पल-समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले