English

कहिले पूरा होला रेल चढ्ने रहर ?



जयनगर-कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् । सो मार्गमा चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन् ।

भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेको र आफूहरूले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई पठाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए ।

‘कोंकण र हामीबीच सहमति भएरै उद्घाटनको मिति मार्च १ तय गरेर दूतावासमा पठाएका हौं’, उनले भने, ‘तर दूतावासले उद्घाटनको मितिको प्रस्ताव नेपाल सरकारबाट आउनुपर्ने बताइरहेका छन् ।’ तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उद्घाटनको मिति तय गर्न ढिलाइ भइरहेको उनको कथन छ ।

‘उद्घाटनको ढिलाइका कारण मात्र रेल चलाउन समस्या भएको छ’, महाप्रबन्धक झाले भने, ‘नभए रेल चलाउन कुनै समस्या अब छैन, हामीले सबै तयारी गरिसकेका छौं ।’ उद्घाटन भए लगत्तैबाट नियमित रेल चलाउँछौं, अब ढिलाइ हुँदैन् उनको भनाइ थियो ।

‘उद्घाटन ढिलाइका कारण मात्र रेल चलाउन समस्या भएको छ’, महाप्रबन्धक झाले भने, ‘नभए रेल चलाउन कुनै समस्या अब छैन, हामीले सबै तयारी गरिसकेका छौं ।’

रेल सेवा उद्घाटन नभएसम्म नियमित बिना यात्रु (ड्राई सेवा) भने गत फागुन १ गतेदेखि सञ्चालन हुँदै आएको छ । अहिले बिना यात्रु दैनिक जयनगरदेखि कुर्था र कुर्थाबाट पुनः जयनगर रेल सेवा सञ्चालन भइरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

नियमित रेल चलाउन रेल्वे लिक कब्जा गरिएका ठाउँ खाली गराइएको छ भने हाटबजार लिकमा लगाउन बन्द गराइएको छ । अनुमति बिना रेल्वे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी काममा खटिएको छ ।

रेल्वे लिकमा छाडा छाडिने पशु चौपाया, मानव आवागमन, जथाभावी बाटो लगाउने जस्ता समस्या समाधान गर्न रेल्वे ड्राई सेवा सञ्चालन गरिएको उल्लेख गर्दै महाप्रबन्धक झाले यसबाट लामो समयदेखि थन्किएको रेल सेटको अवस्था कस्तो छ त्यसबारेमा समेत प्रष्ट हुने बताए ।

सञ्चालनका लागि दुबै रेलको इन्जन र बोगी एउटैमा जोडिएको छ । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो । रेल चलेपछि हालका लागि ६० जना नेपाली र १४ जना भारतीय कर्मचारी आजदेखि काममा खटिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुङ्गो लागेको छ । जसमा १४ जना भारतीय कर्मचारी आइसकेको र बाँकी उद्घाटनपछि आउने महाप्रबन्धक झाले बताए । रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन एकपटक आउने र जाने गरी रेल चलाउने र त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा २/३ पटकसम्म पनि रेल चलाउन सकिने तयारी गरेको महाप्रबन्धक झाले बताए ।

रेलमा एक हजार २०० देखि एक हजार ३०० यात्रुसम्म बसेर/उभिएर यात्रा गर्न सक्छन् । यात्रुबाहक रेल भएकाले यसमा यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

भारत सरकारको रु आठ अर्ब ७७ करोड (नेपाली रुपैयाँ) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेल मार्गमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेसनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

नेपाल रेल्वे कम्पनीमा नयाँ महाप्रबन्धक नीरन्जन झा आएपछि स्थानीयवासीलाई रेल चल्ने विश्वास जागेको हो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० यात्रुसम्म बसेर/उभिएर यात्रा गर्न सक्छन् । यात्रुबाहक रेल भएकाले यसमा यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

नेपालमा राणाकालमा वि.सं.१९९४ सम्म जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालमा प्राविधिक कारणले बन्द भएको थियो । झण्डै एघार वर्षपछि वर्तमान सरकारले रेल सेवा सुरु गर्न लागेको बताइएको छ ।

यो पनि
इतिहास बोकेको पोरखेगढी, पर्यटनका लागि उचित गन्तव्य



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।