English

अम्बामा छन् यी औषधीय गुणहरू



अम्बा स्वादमा मिठो मात्र नभई यसमा धेरै औषधीय गुणहरू छन् । अम्बा बजारमा सजिलै पाइन्छ र यसलाई घरमा रोप्न पनि सकिन्छ । तर यो स्वास्थ्यका लागि कति फाइदाजनक छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

तर पेटका धेरै रोग निको पार्ने औषधीय गुण अम्बामा अम्बाको दानाको साथै यसको बीउ पनि स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । अम्बा खाँदा यस्ता धेरै समस्यामा राहत मिल्छ ।

पाचनसम्बन्धी समस्यामा फाइदाजनक
यदि अरुचि छ वा खाना खानेबित्तिकै पेट दुख्न थालेमा पाचन प्रणाली खराब भएको बुझ्न सकिन्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि वीरेनुन मिसाएर अम्बा खान सकिन्छ । जसले पाचनसम्बन्धी कुनै पनि समस्यालाई हटाउँछ । अम्बा पाचनका लागि उत्कृष्ट फल पनि हो ।

आँखाको कालो घेरा हटाउन पनि लाभदायी
राति ढिलो सुत्ने र बिहान छिटो उठ्ने व्यक्तिमा आँखाको तल कालो घेरा देखिने समस्या हुन्छ । राति राम्ररी ननिदाउने व्यक्तिमा पनि यो समस्या देखिन्छ । अम्बाको पेस्ट बनाएर आँखाको कालो घेरा भएको ठाउँमा लगाउँदा यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

कब्जियतको समस्यामा पनि दिन्छ राहत
यदि कब्जियतको समस्याले लामो समयदेखि सताइरहेको छ भने अम्बाको सेवन लाभदायी हुन सक्छ । कब्जियत हुँदा बिहान खाली पेटमा पाकेको अम्बा खानुपर्छ । पाकेको अम्बाले कब्जियतबाट छुटकारा मिल्नुका साथै खानामा रुचि हुन सक्छ ।

दाँतको समस्यामा अम्बा लाभदायक
दाँतको समस्या वा सास गह्नाउने समस्याबाट हैरान हुनुहुन्छ भने यसबाट छुटकारा पाउन अम्बाको सेवन प्रभावकारी हुन्छ । अम्बाको कलिलो पातहरू चपाउँदा दाँतको समस्याहरूमा फाइदाजनक हुन सक्छ । यसका साथै अम्बाको पात चपाउँदा दाँतको दुखाइ पनि कम हुन्छ ।

यो पनि
समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्