English

नेपालमा फेरि कोरोना संक्रमण बढ्ने ९ कारण (समाधानको उपायसहित)



डा. सन्तोष दुलाल-अनुसन्धान बैज्ञानिक तथा जिवाणु विज्ञ

विगत २ महिनायता नेपाल र भारतको दैनिक कोरोना संक्रमणको तथ्याङ्कलाई विश्लेषण गर्दा बढ्दो क्रममा छ ।

बढ्दो क्रम

दैनिक कोरोना संक्रमण विगत १ महिनामा (तलको लेखाचित्र अनुशरण गर्नुहोस्):
नेपालमा औसत २.५ गुणाले र भारतमा करिव ३ गुणाले संक्रमण दरमा वृद्धि भएको देखिएको छ ।

पहिलो वेवको चरम बिन्दुको ६ महिनाको समयावधि भारतमा पुगेको छ भने नेपालमा अप्रिल–मे मा (अब छिट्टै) पुग्नेछ, जहाँ महामारीको दोस्रो वेवको चरण सुरु हुने वैज्ञानिक अध्ययनले अनुमान गरेको छ ।

नेपालमा कोरोना संक्रमण वृद्धि हुने केही चुनौतीहरू यस प्रकार छन्–
१. हाल भारतका १२ वटा राज्यहरू र ४८ वटा जिल्लाहरूमा कोरोना संक्रमण वृद्धि भएको अवस्था हुनु ।

२. महाराष्ट्र राज्यमा मात्र दैनिक ३१ हजार भन्दा बढी नयाँ संक्रमित (२३% भन्दा बढी परीक्षणमा संक्रमण दर) थपिनु ।

३. नयाँ प्रकारका कोरोना भाइरसका भेरियन्ट्स (आनुवंशिक उत्परिवर्तित स्वरुपहरू) यूके भेरिएन्ट, ब्राजिल भेरिएन्ट, दक्षिण अफ्रिका भेरिएन्ट, डबल म्युन्टेन्स भेरिएन्ट भारतमै देखिनु ।

४. नेपाल–भारत खुल्ला सिमाना र दैनिक हजारौं नेपाली जनस्वास्थ्यका नियम, मापदण्ड पालन नगरी नेपाल फर्कनु ।

५. सिमा नाकामा कोरोना रोकथाम तथा नियन्त्रणमा यथेस्ट गतिविधिहरू तथा जनस्वास्थ्यका रणनीतिहरू नअपनाउनु ।
(सम्भावित कोरोना संक्रमितको परीक्षण नहुनु, ढिला हुनु, संक्रमितको कन्ट्याक्ट् ट्रेसिङ, क्वारेनटाइन अनुशरण र व्यवस्थापन, आइसोलेसन पूर्ण रूपले नहुनु, संक्रमित समुदायसम्म पुग्नु, घुलमिल हुनु)

६. अन्तर्निहित कोरोना खोपहरूको अभाव र अनिश्चितता, खोपहरू अनुकूल वितरणमा खोप बनाउने राष्ट्रको मात्र पहुँच र नियन्त्रण हुनु ।

७. विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को न्यून र मध्य आय भएका देशहरूमा गुणस्तरीय कोरोना खोपहरू अधिग्रहण र सहज वितरणअन्तर्गत कोभ्याक्स कार्यक्रमले अझै नेपाल जस्ता देशहरूमा खोपको प्रभावकारी वितरण गर्न असमर्थ हुनु ।

८. नयाँ कोरोना भेरियन्टका लागि खोपले के कति प्रभावकारी काम गर्दछ, गर्दैन ? भन्ने ठोस वैज्ञानिक प्रमाणको अभाव हुनु ।

९. नागरिकहरू अझै पनि कोरोना÷कोभिड–१९ प्रति संवेदनशील नहुनु र रोकथाम तथा नियन्त्रणमा जनस्वास्थ्यका मापदण्ड पालन नगर्नु ।

यी माथिका चुनौतीहरू दीर्घकालीन रूपमा सामना गर्न सकिएन भने नेपालमा कोरोनाको जोखिमलाई आगामी दिनमा नियन्त्रण गर्न कठिन हुने आँकलन गर्न सकिन्छ ।

सत्य यो हो कि नेपालमा कोरोना महामारी दीर्घकालीन रूपमा नियन्त्रण गर्न भारत तथा छिमेकी देशहरूमा र नेपालको हरेक क्षेत्र र ठाउँमा कोरोना संक्रमण शून्य हुनु पर्नेछ ।

वर्तमान परिस्थितिमा कोरोना संक्रमण नियन्त्रणका उपयुक्त रणनीतिक कदमहरूः

– डिजिटल मोबाइल सम्पर्क ट्र्याकिङ र ट्रेसिङ

– द्रुत परीक्षण प्रणाली र भेरियन्ट पहिचान प्रणाली
– स्थानीय स्तरमा व्यवस्थित क्वारेनटाइन, आइसोलेसन अनुशरण
– र्यापिड रेस्पोन्स टिमको सक्रिय संलग्नता
– कोरोना प्रसारण र संक्रमणको प्रारम्भिक चेतावनी प्रणाली, हट स्पोटको पहिचान र अस्थायी हट स्पोट सिल गर्ने
– नैतिक अभ्यास पालना गर्दै कोरोना सम्बन्धित व्यवस्थित अध्ययन र अनुसन्धान
कार्यहरूले नयाँ आयाम र मार्ग प्रस्तुत गर्दछ ।

संक्रमित रोकथाम र उपचारमा पछिल्लो वैज्ञानिक चिकित्सीय दृष्टिकोण र रणनीतिहरूको उपयोग र उपचारलक्षित स्थानीय तहदेखि केन्द्रीय स्तरसम्म सामूहिक सहकार्यहरू तुरुन्त विनाशकारी स्थिति रोक्न समयमा नै महत्वपूर्ण भूमिका खेल्छ ।

यस महामारी नियन्त्रणमा बहुपक्षीय दृष्टिकोणसहित उचित आर्थिक संसाधनको प्रबन्ध र पछिल्ला अनुभव र सिकिएका पाठहरू बाट जस्तोसुकै महामारीको कठिन परिस्थितिसँग सामना गर्न यथाशीघ्र तयारी, र जनस्वास्थ्यका नियम, मापदण्ड पालन गर्न स्वयम् नागरिक प्रतिवद्ध र जिम्मेवारी बहनले मात्र हामी कोरोना कहरलाई पूर्ण रूपमा परास्त गर्न सफल हुनेछौं ।

(डा.दुलाल नेपाली वैज्ञानिक तथा जिवाणु विज्ञ हुन् । उनी हाल आनन्दवन अस्पतालमा अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन् ।)



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित