English

कलाकार जयनन्द लामाको अन्तिम श्रद्धाञ्जली राष्ट्रिय नाचघरमा



वरिष्ठ कलाकार जयनन्द लामाको अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई जमलस्थित राष्ट्रिय नाचघरको प्राङ्गणमा राखिने भएको छ । बिहिबार बिहान १० देखि १२ बजेसम्म नाचघरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको स्वर्गीय लामाका नातेदार यदुमान लामाले मेरोलाइफस्टाइललाई जानकारी दिए ।

लामाको बुधबार बिहान अन्दाजी १ बजेतिर भक्तपुरस्थित कौशलटारमा निधन भएको थियो । निधनपश्चात प्रहरीले अनुसन्धान गरी दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा पोष्टमार्टमका लागि पठाएको थियो । रिपोर्टमा कुनै शंका नदेखिएपछि उनको पार्थिव शरीरलाई घरमै ल्याइएको यदुमानले बताए ।

‘अहिले लामा विधिअनुसार पाठ भइरहेको छ,’ उनले भने, ‘भोलि श्रद्धाञ्जलीपश्चात स्वयम्भूमा दाहसंस्कार गर्नेछौं ।’



सम्बन्धित खबरहरु

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested