English

उत्पादन बढाऔँ, आयात घटाऔँ



निर्यातको महत्व कति हो भन्ने कुरा आजभन्दा २ सय ४५ वर्षअघि नै पृथ्वीनारायण शाहलाई तत्वबोध रहेछ । त्यसैले त उनले त्यतिबेलै भनेका थिए, ‘आफ्ना मुलुकको जिनिस् जरिबुटी देश लैजानु अनि नगद षैंचनु’ देशमा भएको उत्पादनलाई विदेश निर्यात गरेर नगद आम्दानी गर्नुपर्छ भन्ने उनको आशय बुझ्न सकिन्छ ।

कुनै पनि वस्तु विदेश निर्यात गर्नका लागि पहिले देशमै उत्पादन बढाउनुपर्छ भन्ने कुरा पृथ्वीनारायण शाहले त्यसबेलै बुझेका थिए । यसैले, उनले आशय व्यक्त गरे, ‘खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनुपर्छ र उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।’

तर, आज २ सय ४५ वर्षपछि आइपुग्दा हाम्रो देशको आयात–निर्यातको तस्वीर हेर्दा मन बुझाउने ठाउँ पनि छैन ।

व्यापार घाटा चुलिँदै जान थालेपछि अहिले हामी उत्पादन बढाउन किन अपरिहार्य छ भन्ने बहसको तहमा आइपुगेका छौँ ।

हामीले उत्पादन बढाउनका लागि प्रोत्साहन नीति ल्याउन सकेनौंँ । ल्याएको नीतिबाट पनि लक्षित समूहले लाभ पाउन सकेन । गाउँमै बसेर उत्पादन बढाउने र त्यसबाट सुखमय जीवनशैली व्यतित गर्ने वातावरण तयार हुन सकेन । परिणामस्वरूप युवाको हुल खाडी, मलेसियालगायत देशहरूमा श्रम बेच्न बाध्य भयो ।

हामीले उत्पादन बढाउनका लागि प्रोत्साहन नीति ल्याउन सकेनौंँ । ल्याएको नीतिबाट पनि लक्षित समूहले लाभ पाउन सकेन । गाउँमै बसेर उत्पादन बढाउने र त्यसबाट सुखमय जीवनशैली व्यतित गर्ने वातावरण तयार हुन सकेन । परिणामस्वरूप युवाको हुल खाडी, मलेसियालगायत देशहरूमा श्रम बेच्न बाध्य भयो । नतिजा विगतमा भइरहेको उत्पादन पनि घट्न पुग्यो । फलस्वरूप आयात बढदै गयो, व्यापार घाटाको ग्राफ माथि–माथि उक्लिँदै गयो । त्यसमाथि विदेशबाट आएको व्रिपेषणले हाम्रो जीवनशैली ‘अल्छे तिघ्रोे–स्वादे जिब्रो’ बन्न पुग्यो ।

यसपछि त हामीले आयात गर्न आवश्यक नै नभएको कुरा पनि आयात गर्न थाल्यौँ । विश्वका झन्डै डेढ सय मुलुकसँग नेपालको व्यापारिक साइनो त जोडियो । तर, केही अपवाद छाडेर त्यो एकतर्फी मात्र भयो ।

यो किन भयो ?

किनकि, हामीकहाँ न खेतमा उत्पादन बढ्न सक्यो न त उद्योग कलकारखानाले नै लामो जुनी पाउन सके । खुलेका कतिपय उद्योग बन्द भए । चलेका उद्योग पनि सरकारको असहिष्णु नीतिका कारण जसोतसो सञ्चालन भइरहेका छन् ।

अनि, यसपछि हामीसँग बाँकी नै के रह्यो र ! चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा व्यापार घाटा १० खर्ब १६ अर्ब रुपैयाँको नजिक पुग्नु के अनौठो भयो र ? यो बीचमा हामीले ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ तिरेर विभिन्न वस्तु आयात गरेका रहेछौँ । दुःखद् पक्ष के हो भने आयातित वस्तुमा कृषिजन्य उत्पादनको अंश ठूलो छ । हामी आयातमुखी भएकाले घाटाको व्यापार गर्न हामी अभिसप्त भयौँ । भान्सामा प्रयोग हुने तेलदेखि सवारीसाधनमा हाल्ने इन्धनसम्ममा हामीले ठूलो धनराशी विदेश पठाएका छौँ ।

हामी कहिलेसम्म यो नियतिको चक्रमा अल्झिरहने ? स्वाभाविक छ, यो प्रश्न अब जोडपूर्वक उठाउनै पर्छ ।

हामीले रेमिटयान्स भित्र्याई बसेर खाने बानी त्याग्नु आवश्यक छ । अब सरकारले पनि उद्योग, कल–कारखाना खोल्न प्रोत्साहित गर्न आवश्यक छ । देशभरि कृषि र पर्यटनमा आधारित उद्योग सञ्चालनमा सरकारले सफा दिलले ‘होस्टे’ गर्ने हो भने त्यो कुन नेपालीले ‘हैँसे’ नगर्ला ? यदि, यसो नगर्ने हो भने हाम्रो अर्थतन्त्रलाई पक्षघात नहोला भन्न सकिन्न ।

यो पनि…
त्यो एक चटक थियो,यो एक नाटक हो
देवत्वकरण थाँती राख, नियमित बिजुली देऊ



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ