English

एमसीसीमाथि अन्तिम छलफल हुँदै, कुन दलको धारणा कस्तो ?



प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुँदै भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको हो । 

कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । 

प्रतिनिधि सभाको सम्भावित कार्यसूचीको बुँदा नम्बर २ मा एमसीसी सम्झौतामा छलफलको विषय उल्लेख छ। यस्तो छलफलको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्नेछन्। शर्मा अनुपस्थित भए सरकारका तर्फबाट अन्य मन्त्रीले राख्न पाउँछन्।

प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्दैछ। त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। कार्यव्यवस्था परामर्श समितिले सभामुखलाई बैठक सञ्चालनका लागि सुझाव दिन्छ।

आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् ।

सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन् । ‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’ भुसालले भनिन् ।

सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ ।

हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरि उपचारका क्रममा भारतमा छन् । सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ ।

एमालेको धारणा अस्पष्ट

एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । एमालेले आफूहरूका माग सम्बोधन गरेमात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ ।

संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् ।

प्रचण्डको स्पष्टोक्ति

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल प्रतिक्रान्तिको अवस्था नरहेको बताएका छन् ।

उनले अहिले गठबन्धन टुटाउने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् । तर, तत्काल प्रतिक्रान्ति हुने वा भइसकेको अवस्था नभएको भन्दै उनले भने, ‘मेरोतर्फबाट यसबारे ट्विट भएको छैन ।’

प्रचण्डको ह्यान्डिलबाट बुधबार बिहान एउटा स्टाटस सार्वजनिक भएको थियो । जसमा सत्ता पल्टाउने र प्रतिक्रान्तिको अवस्था आएको उल्लेख थियो । साथै, क्रान्तिकारी शक्तिको अन्तिममा जित हुने लेखिएको थियो ।

प्रचण्डले आज बिहान आफ्नो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको पनि स्पष्ट पारे । उनले तीन दिनअघि प्रधानमन्त्रीसँग कुराकानी भएको र आज बिहान गृहमन्त्री बालकृष्ण खाँण खुमलटार आएको र उनीसँग कुराकानी भएको बताए ।

एमसीसीको विरोधमा उभिन बुद्धिजिवी परिषद्को आह्वान

नेपाल बुद्धिजिवी परिषद् समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी)माथि भोलि (बिहीबार) संसदमा हुने छलफलमा विपक्षमा रहन आह्वान गरेकोे छ । उक्त प्रस्ताव नेपालको संविधानको प्रतिकूल, नेपालको राष्ट्रियताप्रति घातक र नेपाली स्वाभिमानलाई कमजोर पार्ने प्रकृतिको रहेकोले विपक्षमा उभिन  परिषद्ले आह्वान गरेको हाे ।

बुद्धिजिवी परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको जोडबलमा संघीय प्रतिनिधि सभामा एमसीसी प्रस्ताव दर्ता भई सकेकोमा हरेक स्वाभिमानी देशभक्त जनप्रतिनिधिले संसदमा बृहत् छलफल गरी राष्ट्रियतामाथि आँच आउने बुँदाहरू संशोधन गरेर मात्रै संसदबाट पारित गरिनुपर्छ ।

यसलाई संसदबाट जस्ताको तस्तै पारित गर्ने प्रस्ताव आए यसको विपक्षमा मतदान गर्न सम्पूर्ण स्वाभिमानी, देशभक्त, राष्ट्रप्रेमी जनप्रतिनिधिहरू समक्ष नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) हार्दिक अपिल गर्छ ।

यसलाई संसदबाट जस्ताको तस्तै पारित गर्ने प्रस्ताव आए यसको विपक्षमा मतदान गर्न सम्पूर्ण स्वाभिमानी, देशभक्त, राष्ट्रप्रेमी जनप्रतिनिधिहरू समक्ष नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) हार्दिक अपिल गर्छ ।’

साथै, जारी विज्ञप्तिमा सम्पूर्ण देशभक्त बुद्धिजीवीहरूलाई राष्ट्र, राष्ट्रियता र देशको स्वाभिमानको पक्षमा एकजुट भई दृढतापूर्वक उभिन हार्दिक आह्वान गरिएको छ । एमसीसीका विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरी प्रसासनले गरेको दमनको घोर भर्त्सना गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नसमेत परिषद्ले माग गरेको छ ।

एमसीसीको पक्षमा लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।  प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो । 

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल निर्णायक हुन सक्ने भन्दै लोसपाले पक्षमा मत दिने निर्णय गरेको हो । 

यो पनि
एमसीसी टाइमलाइन : कहिले के भयो ?
केपी ओली भन्छन्- एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो


 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा