युक्रेनमा युद्धको संकेत, पुटिनको आदेश अनुमोदिन
रसियाको माथिल्लो सदनले युक्रेनका बिखण्डनकारीलाई सहयोगका लागि रुसी सेना पठाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमति दिएको छ । यसअघि राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएका थिए ।
१५३ जना रुसी सिनेटरले पुटिनको आदेशलाई समर्थन गरेका थिए । उनको आदेशविरुद्ध कसैले पनि मतदान नगरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
युक्रेन हिंसा र रक्तपातको पक्षमा रहेकोले उसँगको वार्ता रोकिएको रुसको दाबी छ । ‘छलफल रोकिएका छन् । युक्रेनी नेतृत्वले हिंसा र रक्तपातको मार्ग लिएको छ,’ फेडरेस काउन्सिलको बैठकमा उपरक्षामन्त्री निकोले पानकोभले भने । ‘उनीहरुले हामीलाई एउटा पनि छनौट छोडेनन,’ उनले थपे ।
अमेरिकाले युक्रेनलाई रक्षात्मक हतियार दिने
अमेरिकी राष्ट्रपति जाे बाइडेनले अमेरिकाले युक्रेनलाई ‘रक्षात्मक’ हतियार दिने बताएका छन् । रसियाली आक्रमणविरुद्ध अमेरिकाले किभलाई निरन्तर रक्षात्मक हतियार आपूर्ति गर्ने उनले युक्रेनलाई आश्वासन दिएका हुन् । त्यस्तै, पूर्वी युरोपमा नेटो गठबन्धनलाई मजबुत बनाउन अमेरिकी सेना परिचालन गर्ने उनले बताए ।
‘हाम्रो व्यालेस्टिक गठबन्धनअन्तर्गत रहेका देशहरु– इस्टोनिया, लातिभिया, लिथुनियालाई मजबुत पार्न यसअघि युरोपमा रहेका अमेरिकी फौजलाई थप परिचालन र हयियारका लागि अधिकार दिएको छु’, राष्ट्रपति कार्यलय ह्वाइटहाउसबाट एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडेनले भने ।
यो पनि
रुसले युक्रेनको सीमाबाट फिर्ता गर्यो सेना
युक्रेन संकटप्रति राष्ट्रसंघले के भन्यो ?